साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मोदीलाई चिठीे …

Nepal Telecom ad

स्वस्ति श्री महामहिम मोदी दादाको सेवामा नमस्कार ।

आगे यताउताका पडोसी, पल्लाघरे बेगम भाउजू, वल्ला घरे सरिफ अंकल, माथ्ला घरे जी पिङ काका, उता घरे वाङचुक भाइ, खोलापारिका मुन मामालगायत सबको सम्झना एवं प्यार । अचानक मोदी दादाने हल्का हल्का दादागिरी देखाके हाम्रा घरमा आउने गोरेटोमा तगारो लगाके, बाटो थुनके बोलचालै बन्द गरेर गुमनाम बसेकाले यो चिट्ठी लेख्नुपरेको है ।

पोहोर साल हाम्रोमा आउँदा दादाने बहुत उल्का किया था । कनिकुथी हाम्रै भाषामा भाषण गर्दा हामी खुसीले दंग परेका था । दादाने सडकसडकमै हमको गम्ल्याङ्गै अँगालो हालेर छातीमै टाँसा था । हामीले दादाको जयजयकार गरेको था । दादाले दिलैदेखि हामीलाई प्यार किया होगा भनेको त दादाले देखावटी मात्रै गर्नुभाको रै’छ भन्ने थाहा पाएर आज हमको बहुत दुख लागेको है । हामीकोमा त इष्टमित्र छरछिमेकीलाई बहुत सम्मान गर्ने चलन है । हामी आपको पनि बहुत सम्मान गर्ता हौँ । परन्तु आप तो सबैसे गाली खाने काम मात्रै कर्ता है । कभि ओल्लाघरे अन्तरेको अत्याउता है । कभि पल्लाघरे जन्तरेको तर्साउता है । कसैलाई घुर्चता है, कसैलाई छिर्के लगाता है । कसैलाई कुइनाले हिर्काउता है, कसैलाई गुलेली ताक्ता है ।

दादाको भाषणकला और व्यक्तित्व बहुत अच्छा है । लेकिन हमारा घरमे छिरकर फलानु छोरालाई गैरी खेत दो, फलानालाई फलानो ठाउँको बारी दो, जेठी छोरीलाई दाइजो दो, कान्छीलाई नदो भनकर हाम्रो पारिवारिक मामलामा दख्खल गरेको हामको अच्छा नही लगता है । हम आपको घरमा घुसेर ऐसे बात गर्यौँ भने तपाईंलाई कस्तो लगेगा ? बताइए ।

पडोसी भएपछि एकअर्काको घरमा नून, बेसार, तेल, चामल ऐँचोपैँचो गर्न सकिँदा है । किनबेच, सट्टापट्टा गर्न सकिदा है । छोराछोरीका बिहेबारी पनि गर्न सकिदा है । लेकिन त्यसो भन्दैमा ज्वाइँलाई पनि छोरोसरह अंश दे भनेर दबाब दिन त नही मिल्ता है न दादा ! सहयोग गर्ने बहानामा पडोसीको घरमा घुसकर गरगहना, भातभान्सा, बाकस, आलमारी, दाउराका हार, पानीका गाग्रा, अन्नको भकारी, बारीका फलफूल और सागपाततिर नजर लगाना तो बुरी बात है न दादा !

दादाकै घरभित्र पनि त अशान्ति है, गरिबी है, पक्षपात है, विद्रोह है, दंगा है, हिंसा है । परिवारकै कत्ति मान्छेहरू दिनदिनै मर रहा है । घरभित्रै सबैलाई चित्त बुझाउन सकेको नहीँ है, आप सबै छिमेकीहरूलाई तह लगाउन खोज्ता है । गुस्सा आकर कुनै दिन छिमेकीहरू मिलकर उल्टै आपको घेराबन्दी गरे, दादाका व्यापारको नाकाबन्दी गरे भने आपको भी तो अप्ठ्यारो होगा । जरा सोचिए दादा ।

अन्तमे हम आपसे अनुरोधकर्ता हुँ कि छिमेकीमा सबैले सबैको सम्मान गरेर बसना पडेगा है । केही समस्या आयेगा तो कहिले तपाईंका घरको आँगनमा कहिले हाम्रा घरको पिँडीमा गुन्द्री बिछाके पलेटी कसकर छलफल करेंगे । कहिले दाल रोटी खाँदै, कहिले मकै–भटमास और गुन्द्रुकको अचार खाँदै बात गरेंगे । हमारा बात आपको कैसा लगा ? बुरी लगी तो लगी, मै सरी बोल्नेवाला नहीँ हँ, क्यो कि म आज बहुत गुस्सेमे हुँ । आगे दादाको जो विचार । धन्यवाद । प्रणाम । जय नेपाल ।

नेपाल, आश्विन २८, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x