साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झरना परिवारको शुभकामना गोष्ठी

Nepal Telecom ad

हेटौंडा । ०७२ कार्तिक । झरना साहित्यिक परिवार, मकवानपुरको १९५ औँ साहित्य शृङ्खला, शुभकामना आदानप्रदान एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महेन्द्र उमावि, छतिवनमा भएको कार्यक्रममा ४० जनाभन्दा धेरैको उपस्थिति थियो ।

उद्धव सापकोटाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नेहरूमा नारायण चापागाईँ, भरत सापकोटा, जनार्दन खनाल, परशुराम गौतम, बेलप्रसाद दाहाल, भक्तबहादुर खत्री, बलराम घिमिरे, चेतनाथ घिमिरे, गणेश बञ्जारा, टिकाराम राई, गोविन्द चौलागाईँ लगायत थिए ।

रचना वाचन गर्नेहरूमा सुवास खनाल, विश्वनाथ सञ्जेल, चिरञ्जीवी लामिछाने, उमेश तिमल्सिना, मसान उपासक, सन्तराम राई, नीलहरि ढुङ्गेल, देवकुमार स्याङ्बो, रवीन्द्र चौलागाईँ, लीला शिरीष, अमिट फुयाँल, दीपशिखा घिमिरे, सम्झना खड्का, सेराप गोले लगायत रहेका थिए ।

वाचित रचनाहरूमा राष्ट्रियता, समसामयिक परिस्थिति तथा चाडपर्व आदि विषयबस्तुले प्राथमिकता पाएका थिए ।
कार्यक्रमको सभाध्यक्षता संस्थाका अध्यक्ष दीपक गौतमले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x