साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भन्न मन छ, भन्न हुँदैन !

Nepal Telecom ad

राष्ट्रियता र सुशासनका नारा लाउँछौ ।
यताका श्रोत र साधन लगेर उता बैरीको पाउमा चढाउँछौ ।
सत्ताको लागि बान्ता पनि खान्छौ ।
र, सत्ता बाहिर बसेर बाचिँदैन भन्ठान्छौ ।
त्यसैले नेता होइनौ तिमी, कहिल्यै निको नहुने ब्यथा हौ ।
भन्न मन छ, के गर्नु भन्न हुँदैन !

यताको सिता खान्छौ र उताको गीता गाउँछौ ।
सौताको रिसले लोग्नेको ओछ्यान भिजाउँछौ ।
यता नाकाबन्दी गर्छौ र उता जिन्दावादको नारा लाउँछौ ।
अनि मेरो पहिचान हरायो भन्दै नाक बजाउँछौ ।
त्यसैले मधेसी होइनौ तिमी, विदेशी हौ,
भन्न मन छ, के गर्नु भन्न हुँदैन !

हाम्रा स्वाभिमानमाथि गिद्धे आँखा लगाउँछौ ।
ढ्याङ्ग्रो ठटाउँछौ अनि मसान जगाउँछौ ।
आदर्श ओकल्छौ तर अहंकार बचाउँछौ ।
त्यहाँ बिन बजाउँछौ र यहाँ सर्प नचाउँछौ ।
त्यसैले मोदी होइनौ तिमी, मदारी हौ,
भन्न मन छ, के गर्नु भन्न हुँदैन !

अरुले दिए खान्छौ, अरुले दिए लाउँछौ ।
आफ्ना भाखा बिस्र्यौ तिमीले, आर्कैको गीत गाउँछौ ।
परजीवी बन्दै गयौ तिमी र त जति पनि हस्तक्षेप पचाउँछौ ।
केवल फेसबुकमा राष्ट्रिय झण्डाले मुख छोपेर कतिञ्जेल राष्ट्रियता बचाउँछौ ?
त्यसैले स्वाभिमानी कर्ण होइनौ तिमी, कुम्भकर्ण हौ ।
भन्न मन छ, के गर्नु भन्न हुँदैन !

हेटौंडा, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
देशमा फेरि चुनाव आयो

देशमा फेरि चुनाव आयो

मीनप्रसाद लामिछाने
कसरी हुन्छ सुधार ?!

कसरी हुन्छ सुधार ?!

मीनप्रसाद लामिछाने
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x