साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यमलोकमा नेपाली कलाकारको धाक

Nepal Telecom ad

यमराजलाई त्यसो त धेरै थोक चल्थ्यो, तर एक दिन झोक चलेछ । धर्म गर्ने धर्मात्मालाई सबैले हाईहाई गर्ने, उपरीमाथि थुपरी सुख सुविधाहरू दिने तर पापीलाई भने कसैले वास्तै नगर्ने । यसो हुँदा पापीहरूको मानव अधिकारको हनन भयो भनेर यमराजलाई असैह्य भयो ।

भएन भनेर उनले सबभन्दा पापीलाई पुरस्कृत गर्ने निधो गरे । उनको तर्क थियो, ‘टेलेण्डटेड’ नभई कसैले पनि ठूलो पाप गर्नै सक्दैन । अनि त्यस्ता प्रतिभा सम्पन्न व्यक्तित्वलाई किन पुरस्कृत नगर्ने ? शानदार पापीहरूलाई शानदार पुरस्कार दिन शानदार अक्षयकोषको स्थापना यमराजले गरे । यसो गर्दा उनले आफ्नो ‘व्ल्याक मनी’लाई ह्वाइट मनीमा परिणत गर्ने मौका पनि पाए । अपराध विशेषज्ञहरूको पुरस्कार चयन समिति पनि बन्यो । ठूलो पाप गर्नु पनि एउटा कला हो ।

समस्या आयो शानदार पापी खोज्ने । यमलोकमा पापीको के दुःख ? महान पापीहरू थिए । हत्यारा र बलात्कारीहरूका अतिरिक्त गाउँका गाउँ डढाएर खरानी पार्नेहरू पनि थिए । अहँ, यमराजको चित्त बुझेन । हत्या, चोरी, डकैती, बलात्कार यी सब त प्रजातन्त्रमा दालभात खाए सरह हुन् । पाप कलात्मक हुनु पर्यो ।

नेपाली नेताहरूको फाइल हेर्न थाल्यो । यमराजले जति जति फाइल हेर्थे । उनको अनुहारका भोल्टेज बढ्दै जान्थ्यो । लामो छलफलपछि सर्वसम्मतिले नेपालका केही नेताहरूलाई पालैपालो गरी पुरस्कृत गर्ने निधो गरियो । सर्वश्रेष्ठ पापी छानिएका नेताहरूले आफ्नै पार्टीका अग्रगामी मित्रहरूलाई नबुझिने गरी ढालेका थिए । ढल्नेले अन्तिम समयसम्म पनि आफूलाई ढाल्ने ढालमान थापा को हो थाहा पाएनन् । आफ्नो पार्टी फुटाउने र आफ्नै सरकार ढल्ने कलामा कुशल भएका पार्टी नेताहरूलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको रहेछ । नेपालका प्रायः ठूला पार्टीका ठूला नेताहरू यसका लागि छानिएका थिए । नेपाली कलाकारहरूको धाक यमलोकमा पनि स्थापित भयो ।

नेपालका लागि यो ठूलो गौरवको विषय हुनाले यमराजले इमेलद्वारा नेपाली नेताहरूलाई सूचनासँगै बधाई पनि पठाए ।

थानकोट, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
0
Would love your thoughts, please comment.x
()
x