सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

यमलोकमा नेपाली कलाकारको धाक

Nepal Telecom ad

यमराजलाई त्यसो त धेरै थोक चल्थ्यो, तर एक दिन झोक चलेछ । धर्म गर्ने धर्मात्मालाई सबैले हाईहाई गर्ने, उपरीमाथि थुपरी सुख सुविधाहरू दिने तर पापीलाई भने कसैले वास्तै नगर्ने । यसो हुँदा पापीहरूको मानव अधिकारको हनन भयो भनेर यमराजलाई असैह्य भयो ।

भएन भनेर उनले सबभन्दा पापीलाई पुरस्कृत गर्ने निधो गरे । उनको तर्क थियो, ‘टेलेण्डटेड’ नभई कसैले पनि ठूलो पाप गर्नै सक्दैन । अनि त्यस्ता प्रतिभा सम्पन्न व्यक्तित्वलाई किन पुरस्कृत नगर्ने ? शानदार पापीहरूलाई शानदार पुरस्कार दिन शानदार अक्षयकोषको स्थापना यमराजले गरे । यसो गर्दा उनले आफ्नो ‘व्ल्याक मनी’लाई ह्वाइट मनीमा परिणत गर्ने मौका पनि पाए । अपराध विशेषज्ञहरूको पुरस्कार चयन समिति पनि बन्यो । ठूलो पाप गर्नु पनि एउटा कला हो ।

समस्या आयो शानदार पापी खोज्ने । यमलोकमा पापीको के दुःख ? महान पापीहरू थिए । हत्यारा र बलात्कारीहरूका अतिरिक्त गाउँका गाउँ डढाएर खरानी पार्नेहरू पनि थिए । अहँ, यमराजको चित्त बुझेन । हत्या, चोरी, डकैती, बलात्कार यी सब त प्रजातन्त्रमा दालभात खाए सरह हुन् । पाप कलात्मक हुनु पर्यो ।

नेपाली नेताहरूको फाइल हेर्न थाल्यो । यमराजले जति जति फाइल हेर्थे । उनको अनुहारका भोल्टेज बढ्दै जान्थ्यो । लामो छलफलपछि सर्वसम्मतिले नेपालका केही नेताहरूलाई पालैपालो गरी पुरस्कृत गर्ने निधो गरियो । सर्वश्रेष्ठ पापी छानिएका नेताहरूले आफ्नै पार्टीका अग्रगामी मित्रहरूलाई नबुझिने गरी ढालेका थिए । ढल्नेले अन्तिम समयसम्म पनि आफूलाई ढाल्ने ढालमान थापा को हो थाहा पाएनन् । आफ्नो पार्टी फुटाउने र आफ्नै सरकार ढल्ने कलामा कुशल भएका पार्टी नेताहरूलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको रहेछ । नेपालका प्रायः ठूला पार्टीका ठूला नेताहरू यसका लागि छानिएका थिए । नेपाली कलाकारहरूको धाक यमलोकमा पनि स्थापित भयो ।

नेपालका लागि यो ठूलो गौरवको विषय हुनाले यमराजले इमेलद्वारा नेपाली नेताहरूलाई सूचनासँगै बधाई पनि पठाए ।

थानकोट, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
छाया हाकिम

छाया हाकिम

मुकुन्द आचार्य
घुमिफिरी रुम्जाटार

घुमिफिरी रुम्जाटार

मुकुन्द आचार्य
‘तँ अब बुढो भइस्’ पढेपछि

‘तँ अब बुढो भइस्’...

मुकुन्द आचार्य
सजिलो छैन नेता हुन

सजिलो छैन नेता हुन

मुकुन्द आचार्य