साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मोदीबाबा र कुखरा भक्तजन

Nepal Telecom ad

एक दिन
पशुपतीको दर्शन गर्न
मोदिबाबा आए
यो दिन्छु त्यो दिन्छु भन्दै
बाचा कसमा खाए
उनी त नेपालमा
दिने भने लिन पो आका रैछन्
नेपालको जवानी र पानीमा
गिद्दे नजर लाका रैछन्
गिदी नभएका कुखरा भक्तजनले
बाबालाई ढोके
बाबाको प्रवचन नबुझे पनि
तालिहरू ठोके
बाबाले प्रवचनले
भक्तजनमा जादु नै चलाए
एक छिन भए पनि
सात्क्षार पर्मेश्वोर नै कहलाए
भारत फर्के पछी बाबाले
भक्तजनबाट
पानी मागे जवानी मागे
कोही भक्तहरू भागे कोही पाखातिर लागे
भक्तजनको यो ब्यवहारले बाबा जागे
र उनले ऋशीमनको सिमाना नाघे
मन्त्रहरू बराबराउदै पहिलो बाण दागे
मदेशी भक्तजनलाई नाका नाकामा राखे
कोही भक्तजनलाई दिल्ली तिरै डाके
काठमाडौंका भक्तजनले नटेरे पछि
आकाशवाणी गरे
पत्रचार गरे
उनको पत्र यस्तो छ रे
पानी आउँदैन भने तेल पाउँदैन
ढुङ्गा आउँदैन भने ग्यास पाउदैन
काठमाडौंका भक्तजनले टेरपुच्छर नलाएपछि
अर्को बाण दागे
नाकाबन्दी तिर लागे
बिचरा कुखरा भक्तजन
चाइना तिर माग्न जाउन भने
बाबा झन रिसाउलान कि भन्ने डर

के के बाचा गरेकाथे बाबासङ्ग
फेरी फसाउलान कि भन्ने डर
बङ्लादेश तिर जाउन भने
छैन यसको खास्सै भर
कुन भक्त के दिन्छु भनेकोथ्यो
बाबाले पोल खोलिदिने कुरा गर्दै छन्
गर्ने बेला जे पनि बाचा गरे कुखराभक्त जनहरूले
आज आएर पछुतोमा पर्दैछन्
बेलामा बुद्दी नपुराउदा
आज एउटा बाबासँग थुरथुर हुँदैछन्
पारीबाट दाना देखाउँदा
वारी कुखरा भक्तजन कुरकुर हुँदैछन ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x