साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपमको अनुपमेय कार्य

Nepal Telecom ad

साहित्य, कला, संस्कृति हाम्रा अमूल्य निधि हुन् । यसै तथ्यलाई मध्यनजर गर्दै अनुपम सिर्जना प्रतिष्ठानले नियमित रुपमा सम्पन्न गर्दै आएको सिर्जना वाचनको एकचालीसौं श्रृंखला गत शनिबार कलंकीको एड मार्क कलेजको प्रेक्षालयमा सम्पन्न गरेको छ ।

चार दर्जन बढी सर्जकहरूको उपस्थिति रहेको कार्यक्रममा चालीस जनाले आफ्ना सिर्जनाहरू वाचन गरेका थिए । कविता, गीत गजल, मुक्तक लगायतका साहित्यिक विधाको सशक्त प्रस्तुति रहेको उक्त कार्यक्रममा सदाको तुलनामा युवा सर्जकको बाहुल्य रहेको थियो । उनीहरूका रचनामा श्रृंगारिक गजलहरूलाई महत्व दिइएको थियो भने समसायिक परिस्थितिलाई पनि चोटिलो पाराले व्यंग्यको निसानामा पारिएको थियो । अन्य सर्जकहरूले राष्ट्रले भोग्नुपरेका दुःखकष्ट, नेपाली प्रकृति, मानवता जस्ता विषयसन्दर्भलाई प्रस्तुतिको माध्यम बनाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि चन्द्रमणि प्रसाईँले कार्यक्रममा भाग लिन पाएकोमा खुसीले गद्गद् हुँदै अनुपमको अनुपमेय कार्यशैलीको म सरहाना गर्छु भने । संस्थाका सचिव जितु खड्काले मन्तव्यका क्रममा अनुपमको यही पुष १८ गते हुन लागेको अधिबेशनबारे प्रकाश पारे । कार्यक्रमका अध्यक्ष रमेशप्रसाद गौतमले सबै सर्जकलाई धन्यवाद ज्ञापन गरेका थिए ।

अनुपमले हरेक महिनाको तेस्रो शनिबार कलंकीमा यसै गरी स्रष्टा भेटघाट एवं सिर्जना वाचन कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x