साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दिल्ली दर्शन

Nepal Telecom ad

दिल्ली दर्शनको इच्छा कसरी पूर्णता दिऊँ
रोकिएँ बन्दमा आफू भविष्य कसरी लिऊँ ।
प्रभु दर्शनको भक्ति शक्तिशाली अवश्य हो
के गरूँ बन्दले गर्दा दिल्ली दर्शन शून्य भो ।।

न्यास ध्यान गरे मात्र हुन्छ दर्शन ईश्वर
रहस्य यो बुझेँ बल्ल के गर्नु क्ष्यम्य होस् तर ।
बन्द भोग्ने हुँदै हैन गर्ने रे बल्ल ज्ञान भो
दिल्ली दर्शनका निम्ति बन्दमा लाग्नु सान भो ।।

समता ममता हैन पूर्णता नै सधैँभरि
दिन्छ आशिष रे दिल्ली जान पाऊँ कसै गरी ।
धोको यो पूर्णता होला नहोला भन्न सक्दिनँ
गए रे मित्र ती बन्धु नजाऊ रोक्न सक्दिनँ ।।

लेऊ आशिष हे मित्र ! दिव्य धाम पुगेपछि
छुटेँ आखिर आफैँ नै बन्द यो नखुलेपछि ।
एक्लै गयौ तिमी मात्र मलाई बन्द नै गरी
दाता ईश्वरको शोभा कस्तो होला प्रभो हरि ! ।।

सुनेथेँ शक्तिको गाथा दिल्ली ईश्वर दर्शन
नेपाल कसरी राम्रो भन्छन् रे मार्ग दर्शन ।
नेपालीपन बोकेरै जान पाए म जाऊँ नै
तर छुटेँ प्रभो आफू दुःखी छु भित्रभित्र नै ।।

देऊँ आशिष हे दिल्ली मित्रलाई उदार भै
खुलोस् नाका छिटै हाम्रो मन्त्र देऊ अपार नै ।
दिल्ली दर्शन चाँडै नै गर्न पाऊँ स्वयम् पनि
अभागी बन्दले गर्दा छुट्यो सौभाग्य जीवनी ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
उत्खनन

उत्खनन

सरूभक्त
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x