साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परेको सरकारले बेहोर्छ

Nepal Telecom ad

यसै पनि वीरगन्ज सहरको नाम चलेकै हो, अझ विगत चार महिनादेखिको बन्द हडतालले त्यसमा ‘चार चाँद’ थपेको छ भन्छन् स्थानीय । टायरको धूलोले त्यसमा अरू कति चाँद थप्न सक्थ्यो त्यो पनि थपेकै छ । हाम्रो खाजा खाने होटलको गति वीरगन्जको गतिभन्दा कम गतिलो छैन । ढल जमेको गहिरो दह छ । दहमा प्लास्टिकका झोला, बोतल, चियाका कप तैरिरहेका छन् । त्यही दहमाथि बाँसहरू तेस्र्याएर डेस्क बेन्च राखेर बस्ने ठाउँ बनाइएको छ । खानेकुराहरू खुला छन् । झिँगाको साम्राज्य छ । म भन्छु, ‘यस्तो गनाउने ठाउँमा बसेर कसरी खानू ?’

‘कहाँ गनाएको छ ?’ होटलवाला साहू नाक स्याँक–स्याँक तान्दै भन्छ, ‘खोइ एकथोपै गनाएको छैन । तपाईंलाई गनाउँछ भने नाक थुनेर खानूस् । परेको म बेहोर्ने छु ।’ परेको उसले बेहोर्ने भएपछि केको डर, ढुक्कले त्यहीँ खाजा बजाइन्छ । नाकाबन्दीले मुलुक महिनौँदेखि अस्तव्यस्त छ । सरकार पनि जनतालाई आपत्विपत्बाट जोगाउने अनेक उपाय गर्न व्यस्त छ । एउटा उपाय अहिले व्याप्त छ । केही र्पयो भने सरकारलाई फोन गर्ने, परेको सरकारले बेहोर्छ ।

सिँचाइमन्त्रीले ‘हेलो सिँचाइमन्त्री’ भन्ने कार्यक्रम सुरु गरेर जनतालाई आफ्नो मोबाइल नम्बर नै बाँडेका छन् । आकासबाट पानी परेन, छिमेकीले कुलो फर्काइदियो, खेतमा सिँचाइ गर्नुपर्यो, तुरुन्त फोन गर्नूस्, मन्त्रीले समस्या टिप्नेछन् र परेको बेहोर्ने छन् ।

मुलुकमा औषधिहरूको अभाव भएको कुरा थाहा पाएर स्वास्थ्य मन्त्रालयले भर्खरै एउटा सूचना जारी गरेको छ, औषधि पाइएन भने मन्त्रालयमा फोन गर्नूस्, निस्शुल्क । बिरामीले, स्वास्थ्य कार्यकर्ताले, डाक्टरले, सर्वसाधारण जसले गरे पनि हुन्छ फोन । दुर्घटनामा पर्नुभयो, अचानक बेहोस हुनुभयो, हर्ट एट्याकै भयो भने पनि फोन घुमाइहाल्नूस् । देशमा औषधि छैन, सरकारले कहाँबाट ल्याएर दिन्छ भनेर चिन्ता गर्ने काम तपाईंको होइन । सरकारलाई त्यति कमजोर नठान्नूस् । चीन, बंगलादेश, अमेरिका जहाँबाट भए पनि ल्याउँछ । अथवा भारतलाई झुकाएर नाका खोलाएर भए पनि ल्याउला कुनै दिन । बस्, सरकारलाई फोनचाहिँ जानुर्पयो । फोन नै गएन भने सरकारलाई के थाहा, देशमा औषधि चाहिन्छ भनेर ।

अब हामीले यस्ता बन्दी वा नाकाबन्दीसँग डराउनु पर्दैन । भात पकाउने दाउरा पाउनुभएन, ऊर्जा मन्त्रालयमा फोन गर्नूस् । नाकामा लुटिनुभयो, बलात्कारमा पर्नुभयो, ठगिनुभयो, अपहरणमा पर्नुभयो, गृह मन्त्रालयमा फोन गर्नूस् । एम्बुलेन्सका चालक र बिरामीहरूलाई आन्दोलनकारीले ढुंगा हाने अथवा अक्सिजन थुतेर फालिदिए अथवा आगो लगाइदिए अथवा मारे भने पनि हत्तपत्त सरकारलाई फोन गर्नूस् । परेको सरकारले बेहोर्छ ।

सवारी चालकहरू हेलमेट लगाएर सवारी चलाउनूस् । यात्रुहरू सिटमुनि छिरेर जोगिनूस् । तपाईंको रक्षा गर्न प्रहरीले वर्षाउने गोलीका पर्राहरूबाट पनि सकेसम्म जोगिनूस् । मरिहाले पनि के हुन्छ ? आन्दोलनको आगोलाई घिऊ हुन्छ । पुण्य कमाइन्छ ।

अझै धैर्य गर्नूस्, मन्त्रीहरूको फोन उठेन भने प्रधानमन्त्रीलाई फोन गर्न पाइने उपाय आउँदैछ । प्रधानमन्त्रीले फोन उठाएनन् भने राष्ट्रपतिको फोन नम्बर पनि सर्वसाधारणलाई बाँडिनेछ । राष्ट्रपतिबाट पनि पार नलागे पशुपतिलाई सुनाउन पाइनेछ । त्यति गर्दा पनि भएन भने पनि नआत्तिनूस् । बन्दुक बोक्न त तपाईंको आँट छैन क्यारे, आत्महत्या गर्नूस् अथवा बहुलाउनूस् । कुनै एउटा विकल्प छान्नूस् । परेको सरकारले बेहोर्छ ।

नेपाल, मङ्सिर १७, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x