साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजधानीमा ‘झमकका आवाजहरू’

Nepal Telecom ad

काठमाडौ २० मङ्सिर, २०७२ । झमक घिमिरेद्वारा लेखिएका कविताहरू वाचन गरिएका छन् । राजधानीमा आयोजित ‘झमकको आवाजहरू’ नामक कार्यक्रममा स्रष्टाले घिमिरेका कविताहरू वाचन गरे । त्यसरी झमकका कविता वाचन गर्नेमा धीरेन्द्र प्रेमसी, रघुजी पन्त, विप्लव प्रतीक, नवीन खतिवडा, निशा पोखरेल, प्रगति राई, लक्ष्मी रुम्बा, चन्द्ररानु हाथा, अनिता लामा, अस्मिना रञ्जित, प्रकाश आङदेन, सकुन्तला जोशी, रुपा झा, विमला थुखेवा, डा.सरोज धिताल, प्रवीण खतिवडा, सुलोचना मानन्धर, अविरल थापा आदि थिए ।

घिमिरेद्वारा लिखित जिजस, बाइबल र चुम्बन, गणतन्त्रको जुवाघर, अराजकता, विनिर्माण र निर्माण, भंगेराहरू काठमाडौं ठुँग्दैनन्, जुनको देश र सपना, आभा, पुरुषत्वमाथि नृत्य, मनोकामनालाई रित्व धर्म, पुरो सपना, समय र रहर, वाइन र सेक्स, प्रेम र पुरो थेदाङवा, निलो नदीसँग बग्ने जिन्दगी, कमरेडलाई प्रश्न, छोरीभित्रको राप, विद्रोह, अनुहार र अनुमति शीर्षकका कविता वाचन गरियो । घिमिरेका ‘जीवन,काँडा कि फूल’, ’समय–विम्ब’ र ‘अ फ्लावर’ कृति प्रकाशित छन् ।

‘मैले कोरेका भावलाई सबैसामु पु¥याइदिएकोमा सबैप्रति आभारी छु’, घिमिरेले लेखेको भाव कार्यक्रममा वाचन गरियो । कार्यक्रममा कलाकार ताराप्रसाद ओझाले साहित्यकार घिमिरेको प्रतिमा तयार गरेका थिए । त्यस्तै, कलाकार किरण मानन्धरले घिमिरेको चित्रकला तयार गरेका थिए ।

’नेपाली समाज र गरिबीले दिएको पीडालाई उनले लेखनका माध्यमले विस्फोट गरेकी छन् । विद्रोहमा जन्मिएको प्रतिभाको जीवनीलाई नेपाली शिक्षाको कोर्समा राख्न सकियो भने युवापुस्ता प्रोत्साहित हुने थियो’, एमाले नेता रघुजी पन्तले भने । कार्यक्रमको आयोजना मण्डला थिएटर नेपाल र एसएमएस इन्टरटेनमेन्टले गरेका थिए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x