साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पैसा ! पैसा ! ! पैसा ! ! !

Nepal Telecom ad

आमा किन्न सकिन्छ बा पनि यहाँ, छोरा र छोरी सबै ।
स्वास्नी किन्न सकिन्छ दौतर सखा, पैसा भएमा सबै ।।
पैसा नै बल—बुध्दि–शुध्दि सुखको, सोपान हो आखिर ।
मन्त्री सांसद दूत मिल्दछ यहाँ, पैसा भए आखिर ।।१।।

पैसाले जन–भावना मत कयौं, मोडिन्छ तोडिन्छ रे ।
पैसामै नव–सिर्जना र रचना, जोडिन्छ–जोडिन्छ रे ।।
द्रोही रुष्ट र दुष्ट शिष्ट रसिला, ‘सन्तुष्ट’ पैसा भए ।
घाती–पापकरी– फँुडाफँुडी सबै, पैसो हुँदा चोखिए ।।२।।

कस्तो शक्ति ? अचम्म जादु धनको, संसारकै तेज हो ।
मक्किन्छन् कति ‘वाद–दर्शन’ यहाँ, पैसा ठुलो क्रेज हो ।।
लत्रन्छन् धनवाद मै कति सफा, सिद्धान्त–आन्दोलन ।
धोत्रन्छन् नव– दूर चिन्तन हरे ! पैसाविना हर्दम ।। ३।।

यस्तै चिन्तन– वृत्तिले घर गरी, स्वार्थी बने नायक ।
लोभी–नग्न कृतघ्न पाप मनका, धिक्कार दुर्नायक !
उर्जा हो धनवाद ‘ढाल’ सबको, सत्ता लिने यन्त्र हो ।
पुर्जा नंबरी हुन्छ यो मुलुकनै, पैसा महा–मन्त्र हो ।।४।।

व्याख्याकार महान चिन्तक कयौं, घुक्छन् र चुक्छन् सदा ।
दादा वा डन कुन्डले खुसुखुसे, झुक्छन् धनै पाउँदा ।।
रम्भा उर्वर उर्वसी नभचरी, पैसा भए आउँछन् ।
के वैज्ञानिक ? वैद्य–डक्टर सबै, पैसा भए धाउँछन् ।।५।।

गद्दी स्वागत गर्छ गर्छ जनता, चर्का प्रशंसा अहा !
जिन्दावाद ! चिरायुका जुलुसले आकाश छुन्छन् सदा ।।
आऊ ए धनवादका पछि सबै, यै हव्य वा कव्य हो ।
राम्रा सर्जक गर्ज गर्ज कृतिमा, पैसा त गन्तव्य हो ।।६।।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x