साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुखुण्डो

Nepal Telecom ad

हाइड्रोजन भरेर हावामा छोडिएको बेलुन जसरी कवि भुपी सेरचन सरर माथिमाथी उड्दै उड्दै गए । कवि हावामा उड्दै केही माथी पुगेकामात्र थिए त्यसपछी त नारायण गोपाल, बालकृष्ण सम, बालनरसिंह कुँवर, दामोदर पाँडे, सिद्धिचरण श्रेष्ठ , लक्ष्मीप्रसाद देवकोटा आदिजस्ता सबै देशभक्त पुर्वजहरू भुरुरु आकाशमा उडेका देखिए बर्षायाममा छिचिमिराको गोलो उडेझैं ।

केही समय त म त्यसै अकमक्क परें कसरी मेरा बा वा हजुरबा जन्मनुभन्दा कयौ बर्ष अघि मृत्यू भै सकेका देशभक्त मृतात्माहरू आज एकैपटक देखिए भनेर अनि नयाँ र अकल्पनिय घटनाले किंकर्तव्यबिमुढ भै रहेका बेला मेरो छैटौ इन्द्रीय तुरुन्तै सकृय भयो र देशभक्त पितृहरूले देश परित्याग गर्न लागेको सुचना दियो अनि कारण खोज्न मलाइ उत्प्रेरित समेत गर्यो ।

अरु मृतात्माहरू त मेरो पहुँचभन्दा निकै माथि पुगि सकेका थिए तर देउथलका बाघ वीर भक्ती थापा भनें बृद्धावस्थाका कारणले गर्दा होला अरु मृतात्माभन्दा सुस्त गतिमा उभो लाग्दै रहेछन, जो अझै पनि मेरा पहुँच भित्रै थिए ।

मैले हत्त न पत्त बुढाको खुट्टामा च्याप्प समाएँ । उनको उड्दो गति अबरुद्ध गरि दिएकाले मानौ उनि अझै देउथलकै युद्ध भूमिमा छु झै गरेर बडेमानको सिरुपाते खुकुरी फुत्त निकालेर क्रुद्ध हुँकार गर्दै सोधे– “किन मेरो गति अवरुद्ध गरिस ए नामर्द, बेश्याका सन्तान ?”

बुढाका कटुवचनयुक्त जघन्य आरोपले एक पटक त पितृ न सितृ र्कयाककुरुक पारिदिउँकी झैं गरेर रगत उम्लियो तर बुढाका हातमा टिलिक्क टल्किएको सिरुपाते खुकुरीले मेरो जोश खङरङै बनाइ दियो ।
मेरो जोश बुढाका अघि केही काम नलाग्ने भएपछी मैले आफुलाइ ठ्याकर््याकै प्रतिलोममा स्थापित गरें र विनम्र भएर प्रश्न राखें– “हे ! पुण्यात्मा, हे ! देशभक्त पितृ, तपाईंहरू एकैपटक नेपाल परित्याग गरेर कुन स्थानको प्रयाणमा निस्कन लाग्नु भयो ?”

“पितृलोक, तोपसामु खुकुरीले लडिलडी हामिले आर्ज्याको मुलुकनै न रहन्या औ आफ्नै मुलुकाँ ठूलो सङ्कट खडा हुन गै सराणार्थी भै रहनु पर्न्या समय देखियाको हुँदा पितृलोक जान्या हौ– “बुढाले रनक्क रन्किएको स्वरमा उत्तर दिए ।
“हामी तपाईं वीर खसयोद्धाहरूकै सन्तान हैनौ र ! किन तपाइले नामर्द र बेश्याको सन्तान भनेर आफैंले आफुलाइ र आफ्नै भार्या माथी यत्रो जघन्य आक्षेप लगाउँनु भएको ?” भरखरै बुढाले मलाइ गाली गर्दा प्रयोग गरेका कठोर शब्द समातेर बुढाक मैले प्रश्न थपें ।

“हैनौ, हाम्रा वीर्यबाट जन्मिएका सन्तान यो मुलुकमा भया दुश्मनहरूले मुलुक र मुलुकबासीहरूलाइ यति पिरोल्न पाउँन्या थिएनन, हाम्रा सन्ततिहरूले मुलुकभरका दुश्मनहरूकन धावा बोली, मुला गिडेझै गिंडी दुश्मनका लाशको सोत्तर लगाउँन्या थिया किन्तु हाल मुलुकमा रक्त मिश्रण भै बेश्यापुत्र बाबु औ बेश्याआमाका सन्तानमात्र भयाका हुंदा खिइदा(खिइदा करेसो समान भयाको मुलुक सकिने नौबत आउन्या परिस्थिती बन्याको हो ।बेश्याका सन्तानकन आमा भया पन दिदीबहिनी भया पन बिक्री गर्न पाया हुँदो अन्य मतलब नहुँदो ।” बुढा गलेर गल्ती महसुस गर्लान भन्ने मेरो ठम्याइका बिपरित झन आरोप पुष्टि गर्न तिर पो लागे ।

“प्रपितामह दुश्मनले नाकाबन्दी गरि यति सास्ती दिंदा पनि अहिलेसम्म डेग न चली बस्न सक्नु चानचुने कुरा हो र ? यो चैं राष्ट्र भक्ती भएन र हाम्रो ?” बुढालाई कन्भिन्स गर्न सक्छु कि त भन्ने आशाले मैले कोसिस जारी राखें ।

“यी सब मुखुण्डोधारी हुन औ यिनिहरूबाट मन्चन भै रह्याका नाटक त खाली देखावटीका निमित्तमात्र हुन गाँठि कुरा त, तँ कुट्या जस्तो गर म रुयाझैं गर्छु अनि नाकाबन्दले मुलुक र मुलुकबासी थङथिलो भै बोल्न औ उठ्न नसक्न्या भयाका बखत तिमिहरूले भन्या(भन्याका कुरा पूरा गरिदियाँ भन्या औ मुलुक तिमिहरूकन जिम्मा लगाउँन्या हौ भन्ने भित्री सल्लाह बमोजिम काम भै रह्याको छ नत्र बिदेशका मुलुकी अड्डामा उजुर गरि अन्याय पुर्वक लगायाका नाकाबन्द खुलाइ ०२७ साल, ०४५ साल र हालको ०७२ सालमा दुश्मनबाट अन्याय पुर्वक लगायाका नाकाबन्दको हर्जना समेत असुल उपर गर्न्या कार्बाही चलाउँन के कुराले बाधा पुर्याउँन्या हो र ? हालसम्म पनि रोइकराइ गर्न्या नाटक देखाइ रहनु पर्न्या ?” उनले टसकोमस न भै उत्तर दिए ।

“हैन पुण्यात्मा प्रपितामह, बरु देवताले छोडुन् तर पितृले नछोडुन् भन्ने शास्त्रोक्त वचन छ त्यसैले धैर्य धारण गरिदिनु र्पयो“(भन्दै खुट्टामा छाँद हालेकोमात्र के थिएँ जा कक भनेर बुढाले खुट्टा झड्कारे । म डङरङ्ग उत्तानो परेर लडे ।
धन्न ओछ्यानमै रहेछु ।

गौरादह– १२, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
हात

हात

जीवन ‘पीडित’ दाहाल
0
Would love your thoughts, please comment.x
()
x