चूडामणि रेग्मीउही नेता नयाँ !
१. जे जे गर ! बोल ! भन ! संविधान बन्यो !
विश्व भन्छ नेपालमा राम्रै पो त बन्यो !
२. आन्दोलन हडताल यत्र तत्र हुन्छन्
संविधान छ र पो त विरोध यी हुन्छन् !
३. धेरै वर्ष हप्की दप्की चलाएर खाने
घुर्क्याएर मिठो मिठो तर लम्ठ्याउने !
४. हल्ला गर्ने ! हुन्छ हुन्छ ! केही दिन गर्नोस् !
निदानमा वार्ता ठुलो ! संविधान मान्नोस् !
५. ए चुठ्ने हो ! उठ अब ! कति जीर्ण पारा !
अवसर ताक्न छाड ! चिन संविधान !
६. यस्तै यहाँ अझै ओहो ! नयाँ जुग सोच !
जो सोच्तैन सड्यो त्यो त ! घोत्लिएर सोच !
७. हेपायत कहाँ टिक्छ ? मै हुँ वर्ग सोच ! !
यी मुले त ! अझै भन्ने ? नयाँ सोच सोच !
८. उही कवि नयाँ कवि ! उही नेता नयाँ !
बन्नै पर्छ ! नयाँ युग नचिनेर कहाँ !
झर्रो नेपाली घर, चन्द्रगढी झापा
Subscribe
Login
0 Comments
Oldest







































