साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिजुली !

Nepal Telecom ad

यो झिल्के बिजुली असाध्य छ छली पर्दै नपर्नू भर
गर्छे जे मन लाग्छ लाज नलिई मान्दै नमानी डर
बिन्ती जत्ति गरौं न ता सुनिदिने लाग्दैन केही कर
वास्ता छैन तिमी जिऊ खुश भई या भोकभोकै मर ।।

भन्ना खातिर ता छ एक यसको निर्दिष्टझैं तालिका
के मान्थी र छ आउने गइदिने आफै उही मालिक
पानी उम्लिसक्यो पिठो छरिसक्यो झ्याप्पै गरी निभ्दछे
काँचै खानु ढिंडो कि फाल्नु सरि भो यस्तै सधैं गर्दछे ।।

छैनन् ग्याँस न दाउरा छ घरमा बाली सकें टेबुल
बल्ने चीज छ भन्नु मात्र जिउका यी वस्त्र नै केवल
मट्टीतेल त गन्ध सुँघ्न पनि भो यौटा मिठो कल्पना
बल्दै चाहिं छ यो मनै जति बलोस् पाक्थ्यो र खाना कहाँ ।।

मन्त्री चाहिं त लाम छन् कतिकसा छैनन् कुनै कामका
खोज्दैछन् सुविधा कमाउन मिली यी मात्र हुन् खानका
यो यौटा बिजुली कजाउन भने कोही नसक्ने भयो
नेपाली हुनु भाग्यले ठगिदियो के पापले जन्मियो ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x