साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हस्त रेखा नदेखा

Nepal Telecom ad

एक दिन पशुपतिमा
डाक्टरको झै लाम लागेर
नाम लेखाइयो
भविश्य जान्नलाई
हस्त रेखा देखाइयो
ज्योतिषिले भने
तिम्री गर्ल फ्रेन्ड जो तिमीसँग हिड्छिन्
ती तिम्री हुनेवाली श्रीमती होइनन्
तिमीले जो सोचेका छौ तिनी त्यस्तो छैनन्
मारेन बजियाले
जे जस्तो भए पनि मेरो हातमा
गर्ल फ्रेन्ड त गएकी थिइन् साथमा
उनले ठुलठुला आँखा तर्दैथिइन्
खाउँला जस्तै गरी मलाई हेर्दैथिइन्
फेरि ज्योतिषिले भन्यो
घरमा तिमी बिचौल्या रहेछौ
सबका हेला पो भएछौ
तिम्रा बाले कमाएको सम्पति
कि कान्छातिर लाग्ने छ
कि जेठातिर लाग्ने छ
तिमीलाई त साह्रो पो ठग्ने छन्
बाजे तिम्रा अली रहेछन् जाती
तिमी नै रहेछौ उनको प्यारो नाति
दुईचार वटा म्यानपावरमा
ट्राइ गरेपछि अवश्य भिसा लाग्छ
विदेश नगए झन ठुलो ऋण लाग्छ ।
घर गए पछि
हजुर बासँग सबै कुरा गरें
ज्योतिषिको कथा पुरा गरें
हजुर बाले भने
पैसो पनि उसैले लान्छ
दान दक्षिणा पनि उसैले खान्छ
तेरो सप्रे पनि बिग्रे पनि
त्यो बजिया ज्योतिषिको के जान्छ
त्यो ज्योतिषिले जान्ने भए
मलाई हवल्दार बन्छस् भन्थ्यो
तेरो बालाई खरिदार बन्छस् भन्थ्यो
मैले अझै अर्काको जग्गा खन्या हो
तेरो बा बल्ल बल्ल स्कुलको पियन बन्या हो
उसले भन्या जस्तो के हुन्थ्यो
हुने भए ऊ आफै ज्योतिषी किन बन्थ्यो
हेर नाति बरु डक्टरलाई
मुख देखा, नाक देखा
आँखा देखा, दात देखा
तर त्यो ज्योतिषिलाई
हस्त रेखा कहिल्गै नदेखा ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x