साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाडी फोरी हाल्छन् फोरमले…

Nepal Telecom ad

साला घाँसहरू साथी हुन की दुस्मन हुन हौ बुझ्नै गाह्रो भएको अवस्था सक्की गो नि । बाँदरले जाइफल हल्लाउँदै ओल्लो हाँगो र पल्लो हाँगो हामफाल्दै जीवन यापन गरे जस्तो आफू नि १४ बर्षदेखि साउदी अरब नेपाल बाँदरले जीवन यापन गरे जस्तै गर्दै छु । यो १४ बर्षको अवधिमा स्वास्नी छोरा छोरी पाल्दै तालुका रौँ पातलो भै सकेको छ । खाइ नखाई अलि अलि जोगाएर बचेको पैसाले नेपाल गएर थोत्रो जिन्दगीमा केही गरी खाइएला कि भन्ने झिनो आशा बोकेर १४ बर्षे अरबको दुखेसोबाट छुटकारा पाउने विचार गर्दै बसेको थिएँ । यही बेला आफ्नै गाँउको भाइसंग फ्याट्ट च्याटमा भेट भएर आफ्नो योजना यसरी सुनाए–

‘हौ भाइ अब जागिर छोड्नु पर्यो, नेपाल आएर केही गरी बस्नु पर्यो ।’
यसो भन्दै भाइले मुस्कुराउदै जवाफ सहीत उपाय यसरी बतायो–
‘हौ माइला दाइ तिमी कम्ताको छौ कहाको कुनामा भिटा कहाको कुनामा खेत किनेर बसेका छौ । तिमीले नकमाएको हैन मजाले कमाएका छौ मैले देखेको छु तर गाउँलेले देखेको छैनन् न त अरुले नै देखेका छन् । साँच्चै दाइ मान्छेलाई देखाएर नै खाने हो भने एउटा ५२ सिट भएको लामो बस किन्नु पर्छ तैँले । अनि खड्का कान्छाको घरको अगाडि बसको पुछार तेर्स्याएर माइलोको घर हुँदै अगाडिको थुतुनो खड्का जेठाको घरमा पुग्ने गरी बाटोमा तेर्साउनु पर्छ । अनी मात्र खड्का माइलाले कमाएछ है, केही गर्यो भनेर गाउँलेले सलाम गर्छन् ।’ यसो पो भन्छ केटो ।
सोचेर ल्याउँदा एक हिसाबले हो पनि ।

फेरी अर्को हिसाबले सोचेँ–
हौ यो केटाले मलाइ बाटोमा कचौरा थाप्ने बनाउन खोजेको त होइन ? ४०÷४५ लाख नहाली लामो गाडी आउँदैन लामो गाडी किनेर बाटोमा दौडायो गाडी फोरी हाल्छन् मधेसी जनअधिकार फोरमले । नामै फोरम छ तोड्न फोर्न बाहेक केही जान्दैनन् ।
हैट केटाको जुक्तिमा नलाग्ने बिचार पो गरियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x