साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कान

Nepal Telecom ad

सुँघेर गन्ध, हेरेर दृश्य, चाखेर स्वाद थाहा पाए जस्तै कुनै कुराको ध्वनि थाहा पाउने महत्त्वपूर्ण अङ्ग कान हो । कानलाई चस्माधारीहरूले चस्माको स्ट्यान्ड पनि भन्ने गरेको पाइन्छ । हेर्दा सामान्य लागे पनि कानको बहु आयामिक उपयोगितालाई हेर्ने हो भने मानव जातिको महत्त्वपूर्ण अङ्ग नै कान हो कि भन्ने भान हुन्छ । कसैका कान लामा भएर उसको नामै लामकाने हुन्छ, कसैको कान ठाडा भएर नामै ठाडकाने हुन्छ । यसरी नै कानभरि रौँ पलाएको झ्याउकाने, कानमा मुन्द्रा लगाउने मुन्द्रे, सारै साना कान हुने छुचुन्द्रे आदि नामले हाम्रो समाजमा कानका आधारमा व्यक्तिको नामकरण गरिएका प्रशस्त उदाहरणहरू छन् ।

अत्यन्त गोप्य छ नभन्नू है ! भनी नसक्दै एक कान दुई कान मैदान भइसक्ने मानवीय स्वभावभित्र कानमा तेल हालेर मस्तराम जिन्दगी बिताउनेदेखि कुविचारको कानेगुजी कानमा खाँदेर सुनेको पनि नसुने झैँ गर्ने, डेड अक्कलीहरू हाम्रो समाजमा छ्याप्छ्याप्ती छन् । सत्य सुन्ने अनि त्यसलाई असत्य सावित गर्ने, एउटा सुनेर अर्कै अर्थ लगाइदिने मान्छेको स्वार्थीपनले आखिर घाटा मानव जातिलाई नै पु¥याएको छ । राम्रो सुन, राम्रो देख अनि राम्रो बोल भनेर समाजमा सकारात्मक सोचको विकास गराउनुपर्नेमा सुन्छ एउटा अनि भन्छ अर्कै, भन्छ एउटा अनि गर्छ अर्कै, यसरी भनाइमा र गराइमा आएको अन्तरले गर्दा कसैले उः ले भन्दा अर्काले अर्कै सुनेर अर्कै बस्तु ल्याए जस्तो हुन्छ ।

आजभोलि कन्सुत्लीहरूले उस्तै प¥यो भने सत्तामा रजाइँ गरेर भत्ता पचाउँदै जुँगामा ताउ लाउनेहरूलाई तिन बल्ड्याङ पछारिदिन्छन् । कन्सुत्लीहरूको कामै सुन्ने एउटा सुनाउने अर्कै कुरा हो । मुखमा तिनपाथी घ्यू घसेर साँच्चैको आफन्त बनेर गोप्य कुरा फुस्काएपछि खुसुक्क अर्कोलाई गएर फेरि अर्कै टुनामुना लगाउँदै कान फुकेर गुजारा चलाउनेहरूका कान अत्यन्तै चनाखा हुन्छन् ।

जन्त जा न बाबै ! भन्दा अन्तै जाने अक्कलेहरू नक्कलका सारै पारखी हुन्छन् । कान खानेदेखि कान समाउनेहरूसम्म सबैदेखि समयमै सावधानी अपनाइएन भने कानमा तेल हालेर सुतेका पनि ठाडा ठाडा कान लगाएर उठ्ने छन् । कौडाकानेहरूले झ्याउकानेहरूको सातो बुकाउने छन् । ठाडकाने र लामकानेहरूबिच वर्ग सङ्घर्ष सुरु हुन्छ अनि परेन फसाद ! भएन भाँडभैलो ! त्यसैले यो महत्त्वपूर्ण अङ्ग कानलाई सत्य सुन्ने काममा मात्र लगाऔँ । सुनेर पनि नसुने जस्तो गर्नु त महापाप हो ! सुन्दै नसुन्नेलाई इसारा गर्न सकिन्छ तर सुनेर पनि नसुने जस्तो गर्दै ननिदाई निदाएको अभिनय गर्नेहरूप्रति हामी सधैँ सावधान रहनु नै बुद्धिमानी ठहर्ला ।

अब लोतीकाने, लामकाने, ठाडकाने, झ्याउकाने सबै बिच सुमधुर सम्बन्ध विस्तार गर्दै कान झार्ने, कान फुक्ने कानेगुजीहरूलाई परास्त गर्नु पर्दछ । सबै कानवादीहरू एक भएर कान महात्म्यको विकास विस्तार गर्न सके समावेशी युगको चाहनासँगै कानवादीहरू, ओठवादीहरू र नाकवादीहरू बिच एकताको सन्देशमूलक साङ्लोमा बाँध्न सकिन्थ्यो कि !

झापा, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गाली संस्कृति

गाली संस्कृति

देवीप्रसाद घिमिरे
लुटतन्त्र जिन्दावाद !

लुटतन्त्र जिन्दावाद !

देवीप्रसाद घिमिरे
हर्कको हर्ष र जेन्जीको भ्रम

हर्कको हर्ष र जेन्जीको...

देवीप्रसाद घिमिरे
आऊ, खुलेर भ्रष्ट्राचार गरौँ

आऊ, खुलेर भ्रष्ट्राचार गरौँ

देवीप्रसाद घिमिरे
कुसंस्कार

कुसंस्कार

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x