साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अपहेलना

Nepal Telecom ad

सोझो, शान्त, इमानदार किन हो लाइन्छ पाखा छिटो
सोही व्यक्ति हुने रहेछ खतरा जो बोल्छ बोली मिठो ।
सत्तासीन पुजी, प्रदक्षिण सधैकक गर्ने ‘टिके’ दौडमा
बाजी मार्छ अरू मिची नियम नै यो लिगलिगे दौडमा ।।

खाएथे विष जेल नेल जतिले सम्पूर्ण दोषी थिए
हो ऐरावण तुल्य बुद्ध सजिलै भै दिन्छ सत्ता दिए ।
पापी, धूर्त र भ्रष्ट पो जब यहाँ निस्कन्छ नेता बनी
राम्रो कर्म गरे नि दण्डित हुँदा श्रापिन् सतीले पनि ।।

ठानी देश ठुलो खुला हृदयले जो देन एक्लै दिए
मारेछन् अघि भीम मल्ल जसले राम्रो गरेका थिए ।
जो सोच्ला हित गर्छु यो मुलुकको त्यै पर्छ बेहालमा
मार्नेछन् अभिमन्यु तुल्य सबले धेरेर नेपालमा ।।

लाखौँमा पनि भीमसेन पहिला मान्छे सधैँ ठानिए
विद्वान्,चेतनशील, लोकप्रिय भै मन्त्री बनेका थिए ।
सच्चा, शासक, देशभक्त र निकै जो दुरदर्शी थिए
राखी राष्ट्रियता अखण्ड र दिगो आफू भने सेरिए ।।

ऐले देश विभूति मान्छ रणमा जो चम्किएका थिए
वैरीले पनि ‘उच्च साहस’ भनी आई बधाई दिए ।
सेनामा पनि ती अस्वीकृत हुँदा भागी बिरानो बने
के मर्थे बलभद्र बाहिर गई सम्मान हुन्थ्यो भने ?

‘राम्रो’ जान्छ कतै पलायन भई आदर्शवादी गल्यो
‘हाम्रो’ को सब देशभित्र अहिले हालीमुहाली चल्यो ।
काशीतर्फ विवेक भासिन गयो आदर्श खाडीतिर
सत्तासीन छली र भ्रष्ट कपटी हुन्छन् यहाँ आखिर ।।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x