साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोकान

Nepal Telecom ad

१.
हो, सबै शुभचिन्तक इष्ट हुने भए
सम्बन्ध सबै बिच घनिष्ट हुने भए
म पनि दुनियाँमा बेकुफ हुने थिन
बिचार हरू सबै उत्कृष्ट हुने भए ।

२.
झुट बनाएर सबै दुरुस्त हँुदैन
दुनियाँ सबै यहाँ हृष्टपुष्ठ हुँदैन
हो, लिएर हेरे अनेक परीक्षा मैले
जति भए पनि मान्छे सन्तुष्ट हुँदैन ।

३.
राम्रो पनि कुनै बेला पत्रु हुँदो रैछ
नयाँ पनि त किन हो झत्रु हुँदो रैछ
जति सुकै इमानदार बनोस् न कोहि
उस्को पनि दुनियाँमा शत्रु हुँदो रैछ ।

४.
कोहि यसै मर्छन् प्रेमको नाममा
कोहि आँखा तर्छन् प्रेमको नाममा
खै मूर्ख भनौ कि सज्जन भनौ अब
कोहि भ्रममा पर्छन् प्रेमको नाममा ।

५.
दुखको कुनै सन्सार नहँुदो हो त
कतै केही हाहाकार नहुँदो हो त
लड्ने थिएन मान्छे परिश्रमी बनी
जित भै कसैको हार नहुँदो हो त ।

भोजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जमाना

जमाना

सुनिता सापकोटा
हिजोभन्दा देश कति फरक

हिजोभन्दा देश कति फरक

सुनिता सापकोटा
बजेट

बजेट

सुनिता सापकोटा
बहुमतको जीत हुँदैन 

बहुमतको जीत हुँदैन 

सुनिता सापकोटा
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x