सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चङ्गुल

Nepal Telecom ad

बिहान ओछ्यानबाट उठ्नै नपाई श्रीमतीले भनिन्– “यसपटकको मासिकमा त बाक्लो उनीको टोपी दान गर्नुपर्छ है, किनेर ल्याउन न बिर्सानु ।”
“किन गर्नु पर्यो र !”– मैले कारण खोतल्ने प्रयास गरें ।
“किन नि अब ? आज राती सपनामा आएर बुबाले नाङ्गो टाउको देखाउँदै मलाई एउटा टोपी झिकी’देन कस्तो जाडो भयो भनेर टोपी माग्नु भएकाले नि !” –मेरो प्रश्नलाई अलि ननिको मान्दै श्रीमतीले भनिन् ।
“ह्या, राती सिरकले मुख नछोपी सुतेर तिम्रै टाउको चिसो भयो होला अनि देख्यौ नि न्यानो टोपीको सपना ! पोलेपछि पनि खरानी समेत बाँकी रहला कि भनेर खोजी–खोजी बगाएर आएका बाले के को टोपी माग्नु ?” –मैले श्रीमतीलाई सपना सिद्धान्त बुझाउने हिसाबले कुरा सुरु गरें ।

मेरा कुरा सुन्नासाथ श्रीमतीजी अलि नरम होलिन् थप सुन्न भन्ने मेरो अनुमान बिपरित मलाई नै झाँट्तै भनिन् –“आफ्ना कुरा बाहेक कसैका कुरा पनि ठिक लाग्दैन हगि तपाइँलाई ? कहिले कहिलेकाहीँ त अरुका कुरा पनि सुन्नु पर्छ नि !”
“के सुनिन र ! हौ मैले ?” –म अलि अँठ्याउँन पट्टि लागें साथै उनलाई चिढ्याउनतिर पनि ।
“खै ! सुन्नु भो त ? पितृहरू तृप्त नहुन्जेलसम्म सपनामा आइरन्छन् अरे ! तपाईंले सुन्नु भो त ?” –उनी उसै गरेर रन्किई रहिन् ।

मलाइ उनका अरे भनाइले पुराना कुरा सम्झायो–
पिताजीको क्रिया सकेर कोराबाट बाहिर निस्किएपछि आमाले निर्देशन दिँदैं भन्नु भो– “हिउँदे सिँबी खान हुँदैन, बर्खे सिँबीमात्र खानहुन्छ । लौका, कुभिन्डो, चिचिण्डो, मुला, बैगुन खान हुँदैन । स्टिलका थाल गिलासमा न खानू । माछामासु तथा अरु अभक्छे (अभक्ष) का बारेमा त पक्कै भन्नू नपर्ला ।”
आमाका कुरा सुनेर मलाई उदेक लागेर आयो । न उहाँका कुरामा वैज्ञानिक तथ्य भए जस्तो लाग्यो न धार्मिक पुस्तकहरूमा उल्लेख भए जस्तो नै । अनि उहाँलाई सम्झाउने हेतुले भनेँ– “आमा ! सिमी खाएपछि हिउँदे र बर्खेमा के फरक छ र ! सिमी त सिमी नै हो नि । अनि स्टिलमा खानु हुँदैन भनेर कहाँ लेखेको छ र ?”

मेरा तर्क सुनेर उहाँ झडङ्ग रिसाउनु भो र भन्नु भो– “तैँले जस्तो मैले पढेकी छु र लेखेको देखाउँन ? हुँदैन अरे भनेपछि हुँदैन हुँदैन ।”
अनि मलाइ तेह्र दिनभित्र पुरोहितसँग आफूले गरेका तर्कहरूको सम्झना आयो–
पुरोहित : बैतर्णी तर्नलाई गाई दान गर्नुपर्छ ।
–अब त बैतर्णीमा पनि पुल बनी सक्यो होला किन गाईको पुच्छर समातेरै नदीमा हाम फाल्नु पर्यो र ?
पुरोहित : पाचौँ दिन दिएको पिण्ड फलानो नगरमा पुगेपछि तिम्रा प्रेतरुपी पिताले पाउँछन् ।
–आजकल कन्धनीमा बर्गर–पिज्जा झुण्ड्याएर हिँड्न मिल्छ भन्ने मेरा मृत पितालाई पनि थाहा थियो ।
पुरोहित : अब मासिक, उनमासिक, द्वितीय मासिक गर्दै मासिक गर्दै जानू र एक बर्षपछि बार्षिक गर्नुपर्छ ।
–एक बर्षको श्राद्ध त एघारौं दिनमै गराइ सक्नु भो त, अब मासिक के का लागि र बाह्रौँ दिनमा सैयादी
दान पनि सकियो बार्षिक के का लागि ?
पुरोहित : तिमीहरूले यहाँ जे जे दान गर्छौ त्यो तिमीहरूले गरेको दान तिमीहरूका मृत पिताले पाउँछन् ।
–मेरा पिताले पनि यसै गरी लिएर आउनु भएको सयौं दान हामीले चै पायौं तर एउटा मृतात्माले मात्र पाएको पनि हामीलाइ थाहा छैन त अनि कसरी हाम्रा पिताले चैं पाउने ग्यारेण्टी गर्नु हुन्छ ?
पुरोहित : राम्रोसँग काजक्रिया भएन भनें प्रेतयोनीबाट मृतात्माले मुक्ति पाउँदैनन् ।
–उसोभए हिन्दु बाहेक संसारका सबै मान्छे नर्क जान्छ्न त ? आदि आदि ।

खै यसै गर्नु अरे, हामीलाई यस्तै सिकाइएको छ ।
पुन दोहोरिएका श्रीमतीका अरे कुराको कुनै चित्तबुझ्दो उत्तर मसँग नभएकाले मैले नै प्रश्न गरेँ– “यो घरमा कमाउने पुर्याउने म हुँदाहुँदै किन तिमीसँग माग्नु हुन्छ बुबाले ? मागे पनि मसँग माग्नु पर्ने खै ! मेरा सपनामा आएर मसँग माग्नु भएको छैन त !” मैले घरमूली हुनुको रवाफ प्रयोग गरेँ ।
उनी केही बोलिनन् र म जितेका खुसीमा पुलकित भएँ पनि तर मनमा भने लागिरहेको छ– “पढेलेखेकी मेरी श्रीमतीको त चेतनास्तर यस्तो छ– अनि नारी त्यसमाथि पनि नपढेकी मेरी आमालाई म कसरी जोगाउन सक्थेँ र ! यी पण्डितहरूको चङगुलबाट ।

गौरादह–१२, झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
हात

हात

जीवन ‘पीडित’ दाहाल
सिकार

सिकार

जीवन ‘पीडित’ दाहाल
जाफ्नाको स्याल

जाफ्नाको स्याल

जीवन ‘पीडित’ दाहाल
नयाँ राजा

नयाँ राजा

जीवन ‘पीडित’ दाहाल