साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ससुरालीको सिधा सधैंलाई बिदा

Nepal Telecom ad

आफ्नै पत्नीको माइतीघर वा छोराछोरीको मावल या सासुससुराको राख्यै घरलाई जुवाइँको तर्फबाट ससुराली भनिन्छ । ससुरालीले दानवीर भएर समाजका सामुन्ने वित्तीय हैसियत र ह्याउ प्रदर्शन गर्दै जुवाइँछोरीको ह्याकुलो हास्ने गरी र छोरीको माइतीतर्फको तिर्सना बिर्सना खातिर या जुवाइँको मायामोह अङ्कुरणार्थ दिएको चौपाया, दोपाया दानदक्षिणा वा जाय–जेथालाई व्यङ्ग्यार्थमा सिधा भनिन्छ । आजभोलिका मान्छेहरूले भूत, वर्तमान र भविष्य तीनै काल अग्रिम देख्ने हुनाले ससुरालीको सिधाबाट मानमनितो बन्धकी राखेर उल्टो लाभ नहुने देखिएकाले नै ससुरालीको सिधा सधैँलाई विदा भन्न रुचाएको हुनुपर्छ । यसरी ससुरालीको पीरमर्कालाई हटाइदिने, हृदयरोगलाई मनमन्दिरबाट पन्छाइ दिन परोपकारी भावनाले ओतप्रोत सज्जन जुवाइँहरू हाम्रा जीवनभोगाइका सामुन्ने धेरै बगे्रल्ती र फालाफाल छन् । यिनको चुरीफुरीको मामलामा म यहाँसमक्ष बेली विस्तार लगाउन तम्सिएको छु ।

राजनीतिमा साम, दाम, दण्ड, भेद नजानेको चतुरेले राजनीति गर्न सक्दैन । यी चार जुक्तिमध्ये शत्रुलाई धन सम्पत्ति दिएर अधीनमा राख्ने वा खैचिने उपायमध्ये, दान एक हो । कस्ता आनीबानी सिङपुच्छर भएका जुवाइँ छन् । बानी व्यहोरा केही थाहा नहुँदा डरै लाग्छ – छोरीलाई अँचेटेको अँचेट्यै घँचेटेको घँचेटेयै सास फेर्न बिर्साइदिने पो हुन् कि ?

जे होस् दानवीय व्यवहार छोड्ून् मानवीय व्यवहार गरून् भनेर धनसम्पत्ति अघि सारिएको हुनुपर्छ । जुवाइँको हड्डी हँसाउन र छोरीको घरजम बसाउन ससुरालीको पसिनाको यस लोकमा अहम् भूमिका हुने गरेको कुरा हाम्रा छरछिमेकबाट लुकेको छैन । यो नै हामी नेपालीको एउटा विशिष्ट पहिचान हो । ससुरालीको सिधामा लुटपुटिएका जुवाइँ आजीवन फुक्का, निख्लो, रित्तोहात, श्रीमतीको साथ जिन्दावाद ! गर्दै जीवन गुजार्न रुचाउनेहरूको लामो लस्करलाई सरकारले ससम्मान विदा गर्नुपर्छ । ससुरालीको सिधामा ¥याल काड्नु पनि अतिसार र दीर्घरोगजस्ता रोगले ग्रस्त हुनु हो । यसले बाँचुन्जेल पिरोली राख्छ । नामर्दपनको चरमावस्थामा पु¥याउँछ । हुतिहाराको लागि भने यो भरपर्दो बाटो र सुगमस्थानको एक तिरतिरे धारो नै मानिन्छ । नाक भएकाहरू यस बाटामा हिँड्न र यस्तो धाराको पानी खान हच्किन्छन् । यसलाई शुभ सङ्केतका रूपमा लिनुपर्दछ । समाजको दुर्गन्ध हटाउन र अगतिलालाई ठटाउन यस्ताको अहम् भूमिका हुन्छ । राज्यले यस्तालाई काखी च्यापेर विरुद्धमा फँडा फुलाउन सक्नुपर्छ । अन्यथा ससुरालीको सिधामा गिद्धे नजर लाउनेहरू च्याउ उम्रेझैं हर्दम उम्रिराख्ने कुरामा शङ्का गर्न मिल्दैन ।

ससुराली कसका हुँदैनन् जसले बे गर्दैन त्यसको हुँदैनन् भन्नु होला तर त्यसो होइन । राजा, प्रजा, नेता, तन्नेरी, बूढा सबैले ससुरालीको मीठो नमीठो स्वाद चाखेका हुन्छन् । नचाख्नेले देखेका हुन्छन् । जसरी एउटा अपराधीले अर्काको हत्या गर्दा एउटा सोझो मानवले देख्छ र उसलाई पनि अपराधीसरह सजायको भाग लगाइन्छ वा बलीको बोको बनाइन्छ । सोहीमुताविक ससुराली देखेका छन् जुवाइँ देखेका छन्, तिनको लेनदेन र बानीब्यहोरा पनि थाहा छ । त्यसैले ती सोझा नभोग्ने तर देख्ने अभागीहरू पनि समाजमा रयाल काढ्दै दूषित बन्ने चेष्टा जारी राख्छन् । यिनको पनि नियोजन गर्नुपर्छ । जरै उखेल्ने भनेको सायद यही होला र जन्ती भनेका यिनीहरू नै हुनुपर्छ । समय सुहाउँदो पाराले चलिएन भने त्यसको असर देशलाई पर्छ । देशबासीलाई पर्छ । एउटा उट्पट्याङ नेताले अघिल्लो वर्ष प्रजातन्त्र दिवसका दिन प्रजाका नाममा वक्तव्य प्रकाशित गर्दा जायज थियो हुन्थ्यो भने यो साल त्यही व्यक्तिको वक्तव्य विषसमान पनि हुन्छ । सारा भाँडिन र माडिन पनि सक्छन् । किनकि यो समयको माग हो, समयअनुसार चल्नुपर्छ । समय जस्तो बलवान् जस्तै तिघ्रे पनि हुँदैनन् । त्यसैले सजिलै भन्न सक्छौं– जुवाइँ–ससुराले सुपाच्य तबरले श्वास–प्रश्वास लिने छोड्ने गनुपर्छ किनकि हाम्रो अन्तिम लक्ष्य भनेकै मर्नु हो मार्नु होइन ।

जब ससुरालीबाट ‘जुवाइँसाहेब’ भनेर चाकडी, सद्भाव वा सम्मानका फोहरा फुटछन् तब जुवाइँका अहंकारजन्य सिउर अचम्मैसँग निहुरिन र ढल्किन थाल्छ । लजालु, दयालु र मायालु बोली र झोलीको कारण उचालेको कुकुरले मृग मार्दैन भनेझै अगणित जुवाइँहरू मर्दपुत्र पराक्रमी र कर्मठ भएर निर्धक्क उघ्राउन सकेका छैनन् । बसीबसी डकार्न र हकार्न पाइन्छ भने नङ्ग्रा खियाउन को रुचाउँछ ? आफ्नो आन्तरिक, बाह्य शक्ति र हैसियत बिर्सिएर पटमूर्ख बन्दै मेरा ससुराली यस्ता र त्यस्ता भन्दै धाकैधाकको थाक लगाउने जिराहा पिराहा जुवाइँ ससुरालीको कोक्याउने सिदाको पोल्टामा पोको परेको पत्तै पाउँदैन । घ्यू, भात, मीठो–मसिनु, कवाफ रवाफ र ससुरालीको दूध कुवाको पानी पिउँदा पिउँदा जुवाइँको तिख्खर मष्तिस्क एकाएक मन्द, सुस्त, शिथिल र भुत्ते भइसकेको हुन्छ । अतः जुवाइँले यस लोकमा चिन्ने जान्ने र मान्ने भनेकै श्रीमती, ससुराली, साला, साली अर्थात् आफू र अत्यन्त आफ्नामात्रै । यस्ताका दृष्टिमा अन्य मानव श्रीखण्ड भए पनि खुर्पाको विँडसमान । यस अवस्थामा आजका चतुर, चौखुरे र चलाख जुवाइँ ‘ससुरालीको सिधा सधैलाई विदा’ गर्न बाध्य, विवश र व्यग्र छन् यसमा अन्यथा नठानी दिनुहोला । किनकि म पनि उही ड्याङ्को मूला त हुँ ।

फित्कौली १५, २०६४, भदौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
सरकाे र घरकाे कुटाइका कुरा

सरकाे र घरकाे कुटाइका...

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x