साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन्त्री बन्ने रहर !

Nepal Telecom ad

आफ्नो तनका कपडा च्यात्छु, मै पनि मन्त्री बन्छु
सदनभित्रका कुर्सी भाँच्छु, मै पनि मन्त्री बन्छु !

जनता ढाँट्छु, सपना बाँट्छु, फोस्रो ध्वाँस उफार्छु
डन, गुण्डा औ तस्कर पाल्छु, मै पनि मन्त्री बन्छु !

जाति उचाल्छु, धर्म उचाल्छु, क्षेत्र–वाद उचाल्छु
आन्दोलनको म धम्की दिन्छु, मै पनि मन्त्री बन्छु !

निमुखालाई दण्डित गर्छु, ठूलासामु नुहिन्छु
उत्तर ढोग्छु, दक्षिण ढोग्छु, मै पनि मन्त्री बन्छु !

लोकतन्त्रको नाम भजाई खाए, सबै उडाए
मै पनि वि.पि., मदन भन्छु मै पनि मन्त्री बन्छु !

अड्को थाप्दछु, भाँजो हाल्दछु, कामै गर्न म दिन्न
सय दिनभित्रै सत्ता ढाल्छु, मै पनि मन्त्री बन्छु !

दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x