साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्यै हो महा–शासक !

Nepal Telecom ad

ठट्टा होइन ‘राष्ट–शासन’ कबै, यो धीर–गम्भीर छ
चोट्टा बन्न हुँदैन ‘शासक’ कबै, यो प्राण अस्थीर छ ।
लोकैमा समता असीम–ममता, पोख्ने बुताका धनी–
मात्रै शासक बन्न सक्छ भवमा, नेता ! नह्वौ बैगुनी ।।१।।

जल्ले देश उचाल्न आर्थिक नयाँ, सिध्दान्त–नीति दिए
होऊन् है जनता सुशिक्षित– सुखी, अभ्यास जल्ले लिए ।
त्यस्ता नायक नै सुशासक बने, प्यारो धरा–धाममा
स्वार्थी–शोषक–धूर्त शासक सबै, सुक्छन् कडा–घाममा ।।२।।

जे छन् प्राकृत–स्रोत–साधन, यहाँ गर्दै सफा दोहन
नौला उद्यम–सीप–जाँगर–कला, पार्दै महा–मोहन ।
छर्छन् जो परमार्थ भाव मधुरो, ती हुन् उचा–शासक
जो मान्छन् ‘जनता’, ‘जनार्दन’ भनी, त्यै हो महा–शासक ।।३।।

पुत्ला ख्याक बनी सधैँ मुलुकमा, ज्यादै अशान्ति दिने
चन्दा दान पराइका ऋण कयौं, आफन्तमा पस्किने ।
त्यस्ता दुष्ट र रुष्ट–क्रुद्ध अगुवा, निर्लज्ज नालायक
जो मान्छन् ‘जनता’, ‘जनार्दन’ भनी, त्यै हो महानायक ।।४।।

धादिङवेँसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x