साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपममा स्रष्टा सम्मान

Nepal Telecom ad

अनुपम सिर्जना प्रतिष्ठानले दोस्रो साधारण सभाको अवसर पारेर विभिन्न विधाका स्रष्टाहरूलाई सम्मान गरेको छ । प्रा.घनश्याम कडेललाई अनुपम छवि सम्मान, प्रा.डा. कृष्णहरि बराललाई गीति विधाका लागि अनुपम सूर्यद्वय सम्मान, सङ्गीत विधाका लागि शान्तिराम राईलाई अनुपम धर्ममेघ रोका सम्मान एवं कला क्षेत्रबाट बेटी बज्राचार्यलाई अनुपम कृष्ण सम्मान प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सम्मानित स्रष्टाहरूलाई सम्मान अर्पण गर्नुभएको थियो । कुलपति उपे्रतीले मन्तव्यका क्रममा सर्जक आफ्नै सुरमा साधनामा लागिरहेको हुन्छ, जसको मूल्याङ्कन समय आएपछि आफैं हुन्छ, त्यसैको ज्वलन्त उदाहरण प्रस्तुत सम्मान कार्यक्रम हो भन्नुभयो ।

सम्मान ग्रहणपछि प्रा. घनश्याम कडेलले पुरस्कारका संरक्षक एवं आयोजक संस्थाप्रति कृतज्ञता ज्ञापन गर्नुभयो । मन्तव्यका क्रममा गीतकार बरालले कुनै पनि पुरस्कार सानोठूलो हुँदैन भन्दै संसारमा ठुल्ठूला पुरस्कारहरू पनि विवादमा परेका दृष्टान्तहरू पेस गर्नुभयो । सङ्गीतकार शान्तिराम राईले सम्मानित स्रष्टाहरूका सामु आफू कान्छो प्रतिभा भएको सन्दर्भ उठाउँदै सम्मानका लागि योग्य ठह¥याउनु भएकामा संस्थाप्रति आभार प्रकट गर्नुभयो । यस क्रममा कला साधक बेटी बज्राचार्यले पनि संक्षिप्त मन्तव्य राख्दै आफ्नो साधनलाई कदर गर्नुभएकामा खुसी व्यक्त गर्नुभयो । पुरस्कार संरक्षकका तर्फबाट सूर्यकुमार पण्डित एवं भगवती रोका भूमिकाले सङ्क्षिप्त मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंह, आकृति प्रकृति प्रतिष्ठानका अध्यक्ष बैरागी जेठा एवं सामाखुसी साहित्य समाजका अध्यक्ष भाग्यशाली अधिकारी लगायतका अतिथि स्रष्टाहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो । प्राज्ञ एवम् अनुपम सिर्जना प्रतिष्ठानका सल्लाहकार नरनाथ लुइँटेलले अनुपम मार्फत आफ्नी आमाको स्मृतिमा पुरस्कार स्थापनाको घोषणा गर्नु भयो ।

साधारण सभाले पुरुषोत्तम अधिकारीको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमितिको निर्वाचन गरेको छ । जसअनुसार अध्यक्षमा पुरुषोत्तम अधिकारी, उपाध्यक्षहरूमा भुवनहरि सिग्देल, रमेशप्रसाद गौतम र भगवती रोका भूमिका रहनुभएको छ । महासचिवमा जगदीश्वर पोखरेल,ं सचिवमा जितु खड्का, कोषाध्यक्षमा विनुबाबा भण्डारी एवं सहकोषाध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । त्यसै गरी सदस्यमा निर्वाचित हुनेहरूमा क्रमशः रामशरण खड्का, दुर्गा रिमाल अधिकारी, सूर्यकुमार पण्डित, पुष्पराज पौडेल, शशी थापा पण्डित तथा अनिश बिष्ट रहनुभएको छ । डा. जीवन अधिकारी, प्रा.डा. रामचन्द्र लम्साल र प्रभा भट्टराई रहनु भएको निर्वाचन मण्डलले कार्यसमिति सर्वसम्मत निर्वाचित भएको घोषणा गरेको हो ।

कार्यसमितिको चयनपछि नियमित सिर्जना वाचन कार्यक्रमलाई पनि जोडिएको थियो । कार्यक्रममा पुरुषोत्तम सिग्देल, डा.बम बहादुर थापा जिताली, निर्मल पराजुली, सुदेश सत्याल, प्रकाश किरण, सुनीता सापकोटा–लगायत अन्य पाँच स्रष्टाहरूले आआफ्ना सिर्जना वाचन गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष पुरुषोत्तम अधिकारी एवं सञ्चालन सचिव जितु खड्काले गर्नुभएको थियो ।

सम्बत् २०६९ सालमा काठमाडौंको कलङ्की आसपासमा रहेका साहित्यपे्रमीहरूको भेलाबाट जन्मिएको यस संस्थाले अग्रज स्रष्टाहरूलाई सम्मान एवं अनुजहरूलाई प्रोत्साहन गर्दै आएको छ । मासिक रचना वाचन, पुस्तक प्रकाशन, छन्द प्रशिक्षण, साहित्यिक अन्तक्र्रियाजस्ता कार्यहरू गर्दै आएको यस साहित्यिक संस्थाले कलङ्की क्षेत्रमा एउटा सार्वजनिक पुस्तकालय निर्माण गर्ने लक्ष्य लिए बमोजिम कार्य अघि बढाउँदै आएको छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x