साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वयम् कुमारजी भन्नुहुन्छ

Nepal Telecom ad

गर्नेले काम यहाँ गर्या छ गर्रया छ
नगर्ने खाली चाकडी मात्र गर्या छ
काम गर्ने झन पछि पर्या छ
चाकडी गर्ने यहाँ अघि बढ्या छ ।
गर्नेहरू यहाँ ढुङ्गा फोर्छन् पहाडै फोर्छन्
नगर्नेहरू यहाँ सधैं काम चोर छन्
गर्नेहरू यहाँ त्यसै मर्या छन्
चाकरीबाजहरू अगाडि पर्या छन् ।

नपत्याए मलाई हेर्नुस् न
पहाड चढंँ खोला तरंँ
डाडा चढेँ कान्ला झरेँ
पूजा आजा गर्ने बेला
म कसरी पछाडि परेँ
मेरो भुँडे भाइलाई
कति चलाख रहेछन्
बाउ आमालाई नै खुसी पारेँ
बाउ आमाकै चाकडी गरेँ
बा आमाले पनि मन पराए
तेत्तिस कोटी देवतामा कसरी
सबभन्दा पहिले उनकै पूजा गर्ने गराएँ ।

तिम्रा गणेशमानजीलाई हेर त
स्वयम गणेशमान भएर पनि
कसैको चाकडी गरेनन्
त्यसैले उनी
यो देशको प्रधानमन्त्रीमा परेनन्
कुरो बुझी हाल्नो भो
यो देशमा अब कुमारवादको होइन
गणेशवादको भाउ छ
यतिन्जेल जे गर्ने गरियो
अब मेरो पनि
गणेशवादमै लाग्ने दाउ छ
तपाईं माओवादमा लागे पनि
माक्र्सवादमा लागे पनि
गणेशवाद जान्नै पर्छ
कांग्रेसमा हुनुस् कि कम्युनिस्टमा
गणेशवादलाई मान्नै पर्छ
नपत्याए पार्टीहरूमा हेर्नुस् न
कुमारवादीहरू मै जस्तै
बिचरा कहाँ कहाँ पर्या छन्
नामै नसुनेका गणेशवादीहरू
एकाएक अगाडि सर्या छन्
मन्त्री पनि पड्का छन्
दाम पनि चट्का छन्
बिचरा कुमारहरूलाई
अझ यिनैले लट्का छन्
सरकारी जागिरमा होस् कि तरकारी जागिरमा
कुमारहरू कसरी पछि पर्या छन्
गणेशहरूलाई हेर्नुस् त
कस्तो कस्तो चर्तिकला गर्या छन् ।

यदि तपाईं अझै
कुमारवादी हुनुहुन्छ भने त्यागी दिनुस्
अब गणेशवादमा लागेर हेर्नुस् त
यसले के के कमाल गर्छ
भोलि नै तपाईंको नाम
सके मन्त्रीमा नभए आयुक्तमा पक्का पर्छ ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x