धनराज गिरीकठै हड्डी घोटी !
गरौँ कडा नियम अनि कानुन एकचोटी
पुगिहाल्छन् मामाघर कुकर्मी र खोटी !!!
स्वदेशमा उज्यालोको देख्न पाए मुख
किन बस्ने विदेशमा कठै हड्डी घोटी !
कुनाकाप्चा दुर्गमले पाए न्यानो माया
रमाउछन् बाह्रै मास हुम्ला जुम्ला डोटी
खाइने छ मिठो मह आफ्नै नेपालमा
बन्नुपर्यो मौरीजस्तै हामी तीनकोटी
केही हुन्न थुपारेर हीरामोती सारा
शरीरको आफ्नै सीमा, दुई छाक रोटी
चितवन
Subscribe
Login
0 Comments
Oldest






































