साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काका भतिजो

Nepal Telecom ad

काकाको घर गाउँमा पर हावा छ सरर
बिहानैदेखि काममा व्यस्त पसिना तरर ।
भतिजो बस्ने महलबिच सुन्दर सहर
शरीर श्रम कहिलै छैन बास्ना छ हरर ।।

गाउँकै खाना पसिना दाना जीवन काकाको
सुरिलो गीत लेक र बेँसी मारुनी भाकाको ।
भतिजो पिज्जा सेकुवा म म विदेशी बियर
विलासीपन सहरबिच लाग्दै छ गियर ।।

आफन्त नाता सुख र दुख फुर्सद काकाको
धनले भन्दा मनले माथि सहजै नाताको ।
भतिजो साँच्चै दिनहुँ बिजी अफिस पार्टीमा
रगत नाता समाज देन अड्किन्छ घाँटीमा ।।

काका छन् उस्तै पातलै तन फुर्तिला उस्तै छन्
धनले भन्दा मनले गर्ने प्रवृत्ति उस्तै झन् ।
भतिजो मोटो शरीर भारी आलश्य चढेको
धनको लोभ तनको माया हलक्कै बढेको ।।

काकाको रोग खोकी र ज्वरो मौसमी तैपनि
खानमा केही बन्देज छैन रुचेको जेपनि ।
भतिजो आज फुर्सद हुँदा सुगर प्रेसर
कहिले भन्छ अल्सर हो कि लागेछ क्यान्सर ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x