साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खबरदार !

Nepal Telecom ad

अन्धकार छ मध्याह्नमा
लाट्कोसेराहरू सल्बलाएका छन्
टुकी बालेर नागरिकहरू
राष्ट्रको मानचित्र रूँगिरहेछन्
रोबोटले घुमाइरहेछ उता जिन्दगी
अस्पतालको शय्यामा
अप्रेसनका औजारहरू शिथिल छन्
सिङ्गो देश
नालापानी भाग–दुईको पीडामा छ
मन्दिरमा घण्ट बज्दैनन्
सडकमा सवारी चल्दैनन्
हात–खुट्टा बाँधेर छिमेकीले
मैत्रिपूर्ण भ्रमणको निम्तो पठाएको छ
यतिबेला
बाँदरको पुच्छरलाई
लौरो हो भनेर समाउलास् सरकार !
खबरदार !
खुट्टो कमाउलास् सरकार !
हामी
दाउरा बाल्न तयार छौं
हामी
गुइँठा गाल्न तयार छौं
पानी र जवानीको नाममा
ऋृषिमनको शिशी समाउलास् सरकार !
खबरदार !
खुट्टो कमाउलास् सरकार !
ढुङ्गेयुग आओस् –सही
सत्ययुग आओस् –सही
जङ्गल जाउँला
कन्दमूल खाउँला
तेलसित शकुनीको झेल साट्लास् सरकार !
ग्याससित पहिचानको प्यास साट्लास् सरकार !
रामराज्यको मालिक मांसाहारी भएको बेला
हामीलाई
प्रश्नका जङ्गलमा उभिएर
आगो ओकल्न मन लागेको छ–
हाम्रो भोटो
छोटो भयो भन्ने तिमी को ?
हाम्रो छानु
सानु भयो भन्ने तिमी को ?
अर्काको जङ्गे पिलरमा
आफ्नो लँगौटी हल्लाएर
हाम्रो हत्केलाको रेखा
बाङ्गो भयो भन्ने तिमी को ?
हाम्रो राष्ट्रिय पोशाक
नाङ्गो भयो भन्ने तिमी को ?
बन्धुत्वको गीतमा
कुटुम्बघाती सङ्गीत घोलिएको छ
विषवृक्षमा फलेको फल
उपहारमा आयो भनेर समाउलास् सरकार !
खबरदार !
खुट्टो कमाउलास् सरकार !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उसको भाषण

उसको भाषण

अनिल KH पौडेल’
झोले

झोले

अनिल KH पौडेल’
क्या अलौकिक खाडल !

क्या अलौकिक खाडल !

अनिल KH पौडेल’
महँगो सुख

महँगो सुख

अनिल KH पौडेल’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x