साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता, इन्डक्सन र बिजुली बत्ती

Nepal Telecom ad

एक त यो बिजुली बत्ती
कति दिन आउँदै आउँदैन
आइहाल्यो भने पनि
कि सुतिसकेपछि आउँछ
कि अफिस हिँडीसके पछि आउँछ
आए गएको पत्तो नै पाउँदैन
चुनाव जितेर हराएको नेता जस्तो
कता हराउँछ हराउँछ
भेटिहाल्यो भने पनि
इन्डक्सनले तान्दै तान्दैन
जति जोड गरे पनि
भात पाक्न मान्दै मान्दैन
सरकार पनि भन्छ
पैसो छ भने ब्ल्याकमा ग्यास किन
छैन भने दाउरा किन
दाउराले पकाइ खाउँ भने
कति घरबेटीले नै नदिने
इन्डक्सनमा पकाइ खाम भने
बिजुलीखानाले पावर नदिने
साँझ पाँच बजे इन्डक्सनमा राखेको खाना
राती नौ बजे मात्र पाक्छ
स्कुलबाट आएको छोरो
भात भात भन्दा भन्दै थाक्छ
अब त नेता, इन्डक्सन र बत्ती
उस्तै उस्तै लाग्छ
यी सबैको एउटै खाले दाग छ
होटेलबाट मगाइ खाउँ भने
यो महङ्गी धान्न नसक्ने
इन्डक्सनमा पकाइ खाउँ भने
बिजुली बत्तीले तान्न नसक्ने
सधैं भोकभोकै बस्दा बस्दा
कुन दिन ब्रत हो भन्ने नै भुलिएछ
हावाकै ब्रेक्फास्ट हावाकै डिनर गरेर हो कि
पेट त बेलुन झै फुलिएछ
बिजुली बत्ती नआको झोकमा
कहिले बिजुली पानी खाइएको छ
बिजुलीपानी पनि नपाको झोकमा
गाजा भाङ खाई महादेव भइ आएको छ
जनता जति ब्रत बसे पनि
यसले नेतालाई छुदै छुँदैन
नाकाबन्दी पनि जनतालाई न हो
नेतालाई त हुँदै हुँदैन ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x