साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अक्षर टोकीरहेछ

Nepal Telecom ad

अँगुरको लहरा हुनुपर्ने
आजकलका अक्षरहरू
शिशिरको सिरेटोमा
अक्षरहरू
मलाई टोकीरहेछन्
पेट भोको छ
माटो कोपरेर खाने गर्छु
वालुवाहरूसँगै
अक्षरहरू चराचरुङ्गी नाच्छन्
आँखाका नानीहरूमा
पोल्छ पेट
कालोमाटो टोकेर
भर्छु आन्द्राहरू
अक्षरले टोकेर
घायल भएको छु
अनिष्ट समाचारहरू
रेलगाडीझैँ दगुरिरहेछन्
मेरो शहरमा
विचार गर्छु
छाम्छु
अक्षरले चिथरीरहेछ
कञ्चनजङ्घामा खेलेर बयली
छोप्छन् मजुरहरू
थाम्नै सकिन्न मन
छयाङ्गै युद्ध शुरु
लड्न आतुर
अक्षरहरूसँग लडिरहेको छ
एकमानो वालुवा निलेर
मैले छाड्दिन आफ्नो बाटो
जीवनमा हर्ष र शोक भइरहेछ
मलाई
मृत्युसँगसँगै हाँसेर
हिँडीरहेछ जीवन
रँगटेकमिलाझैँ खिल गाड्न छोडेको छैन
अक्षरहरूले
टोकाइले
झ्यान्न झ्यान्न बनाइरहेछ
म सिमलको रूख हुँ
मेरा हाँगाहरूमा
झुण्डिरहेछन् अक्षरका बारुदहरू
मलाई नै झम्टिरहेछन्
चाँदीझैँ टल्कने पत्थरहरूमा
पीयूषप्रभा छैनन्
सूर्यले किरण छर्न छोडेको छ
लहरा पहरामा
अक्षरका वृक्षहरूले
नीलगनलाई पङ्खा हम्किँदैनन्
कोदाका गुच्छाझैँ
लहलह लहरिँदै
मलाई चिथोरिरहेछ
पीपलथोप्ली
आँखाका कापबाट आँसु खसिरहेछ
गाइच्याबगड भएर
घरको किराँठपट्टि
कर्खेली बाँधिएझैँ
म बाँधिएको छु
अक्षर मलाई
देश निकाला गर्न आतुर छ
ऊ मरेको हेर्न चाहन्छ
आफ्ना उत्कण्ठा लिएर
मेरो घरको ढोका बन्द छ
सुकेका घाँस जस्तै
सुकेका तरुलताहरू
एक डल्लामाटो पर्खिरहेछन्
सिमलको फेदमा
अक्षरहरूले
मलाई टोक्न छोडेका छैनन्
झुमिन्थे कविहरू
मुस्कान छोड्थे साहित्यकारहरू
लेख्थे समाचार पत्रकारहरू
मेरो डुङ्गा डुबेको छ
यतिखेर
कमिलाहरूझैँ
सगबगाउँदै
अक्षरले टोकिरहेछ
पल्टिरहेछु
मूढो भएर
चिप्लेकिराहरूका जालाहरू
मेरो शरीरमा लतपतिएका छन्
अक्षरले
नङ्ग्रा गाडिरहेछ

अचेत छु
यो समय
ऊ टोकिरहेछ
मलाई ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x