सुलसुलेकवि भीमदर्शन रोकाको सम्झना
काठमाडौं, २०७२ पौष २४। भीमदर्शन रोका स्मृतिकोषद्वारा आयोजित एक समारोहमा प्रमुख अतिथि शताब्दी पुरुष सत्यमोहन जोशीले रसायनशास्त्र विषयका गुरु मोतीकाजी स्थापितलाई रु.२५,००१ राशिको “भीमदर्शन रोका आदर्श गुरु सम्मान–२०७२” समर्पण तथा विगत १३ वर्षदेखि समाजसेवी दीक्षा चापागाईंद्वारा सञ्चालित “पवित्र समाज सेवा नेपाल“लाई रु.२५,००१ राशिको सहयोग रकम हस्तान्तरण गर्नुभयो ।
माननीय लक्ष्मण राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सत्यमोहन जोशी, लक्ष्मण राजवंशी, सम्मानित व्यक्तित्व आदर्श गुरु मोतीकाजी स्थापित, समाजसेवी दीक्षा चापागाई, दया फाउन्डेसनका अध्यक्ष निभा माथेमा प्रधान, कोषका अध्यक्ष जयदेवकृष्ण श्रेष्ठ, सचिव यादव भट्टराई, सदस्य विजेन्द्र पसछे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
मुक्तककार, कवि तथा आदर्श गुरु भीमदर्शन रोकाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा रोकाकी धर्मपत्नी मीना रोकाको पनि उपस्थिति रहेको थियो । सिद्धार्थ वनस्थली स्कुलका रोकाका शिष्यहरूद्वारा स्थापित कोषले प्रत्येक दुई वर्षमा यस्तै प्रकृतिका कार्यक्रम गर्दै आएको छ ।
Subscribe
Login
0 Comments
Oldest











































