सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

‘समीर’ले कविता सुनाए

Nepal Telecom ad

रोल्पा, २५ पौष २०७२ । युवा कवि दीपक शर्मा ‘समीर’ले शनिबार रोल्पामा आफ्ना कविताहरू सुनाएका छन् । ललित साहित्य परिषदले हरेक महिना सञ्चालन गर्दै आएको एकल रचना वाचनको २० औं शृङ्खलामा उनले आफ्ना १९ वटा कविताहरू सुनाएका हुन् ।

‘म राप्ती हुँ’ शीर्षकको कविताबाट रचना वाचन सुरु गरेका समीरले पहिलो चरणमा ५ वटा कविताहरू सुनाएका थिए । उनले पहिलो चरणमा ‘फूल र देवता’, ‘लिपु’ र ‘ती लामुखुट्टेहरू’ कविता सुनाका थिए । त्यसपछि एकल रचना वाचक समीरको व्यक्तिमाथि कविता उपाध्यायले प्रकाश पारेकी थिइन् । ‘दुर्गे दाइको आरन’बाट कवि समीरले दोस्रो चरणको कविता सुरु गरेका थिए । त्यसपछि उनले ‘आमाको स्नेह’, ‘जून भित्तामा छ अचेल’, ‘ए साथी’, ‘बागमती’, ‘खुल्ला छाती’, ‘मान्छेको खोजी’, ‘गाउँ फर्कदैछु म’, ‘बहत्तर बैशाख बाह्र उन्तीस’, ‘जा समीर लिएर आइज’, ‘स्तब्ध जाजरकोट’, ‘सपनाहरू’ सुनाउँदै ‘मेरो देशको स्वाभिमान’ शीर्षकको कविता सुनाएर अन्त्य गरेका थिए ।

रोल्पा आएर एकल रचना वाचन गर्न पाएकोमा खुसी व्यक्त गर्दै समीरले आफूले विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भएका रचनाहरू सुनाएको बताए । साथै सर्जकका हरेक सिर्जनाहरू समाज सुधार, समाज परिवर्तनका लागि हुनुपर्ने बताए ।

कार्यक्रमको समीक्षा गर्दै चाङ चिरागले समीरका रचनाहरू समय सान्दर्भिक रहेका बताए । ललित साहित्य परिषद् रोल्पाका अध्यक्ष ओम केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव नवीन लोचन मगरले गरेका थिए ।

सल्यानमा जन्मिएका समीर अहिले घोराही–२ दाङमा बस्दै आएका छन् । ‘अग्निदीप’ कवितासंग्रह २०६९ प्रकाशित गरेका समीरले विभिन्न म्युजिक भिडियो, टेलिफिल्म, फिल्ममा काम गरिसकेका छन् ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad