साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अमेरिकी चुम्बन

Nepal Telecom ad

बाटैमा उभिएर मस्तसितले मीठो अँगालो कसी
प्रेमीसाथ झुमेर चुम्बन गरी हुन्छन् खुसी प्रेयसी
वास्ता छैन कहींकतै मनुजले देख्लान् कसैले भनी
मान्छेको डर लाज कत्ति मनमा मान्दैन कोही पनि ।

मायाँमा मदमस्त छन् निडर छन् जोडीहरू जो पनि
यस्तै देख्छु अमेरिकी सहरमा मायालुका जीवनी
कोही कार चलाउँदै सडकमा त्यै कारमा टासिँदै
खान्छन् चुम्बन मस्त भैकन जहाँ भेट्यो त्यहीं गासिँदै ।

थोरै काम ग(यो यसो अलिकता पैसा बनायो अनि
झम्के साँझ पर्यो कि बाहिर गयो खाऊँ रमाऊँ भनी
भोड्का या रम रेड लेबल लियो या टेक्किला क्यै पियो
घुट्की वाइनको लियो बियरले मात्यो त्यहीं लठ्ठियो ।

खाना खानु अगाडि चुम्बन गर्यो खायो खुवायो अनि
खाना खान भुलेर चुम्बन गर्यो यै म्वाइं मीठो भनी
खाना खाइसकेर फेरि रसिलो खायो त्यहीं चुम्बन
खायो होटलबाट बाहिर गई अर्को मिठो चुम्बन ।

के यूरोप अमेरिका सहर के अस्ट्रेलिया एसिया
मीठो चुम्बनमा बराबर सबै अन्टार्टिका अफ्रिका
जस्ले चुम्बन गर्न मस्तसितले जान्दैन त्यो मानिस
सच्चा मानिसमा गनिन्न जसमा भेटिन्न रे क्यै रस ।

लमजुङ, हाल : अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x