प्रेम ओली ढकलपुरेघण्टाघरको टङटङ
म समय अनुसार हिँडिरहेँ
म युग अनुसार पनि हिँडिरहेँ
संसार बदलिँदैछ
म समय भएर
सबलाई बदल्न सकेँ
तर सकिन नेपाललाई
आफ्नो लयमा सबलाई हिँडाउन सकेँ
तर सकिन नेपालीलाई ।
सयौं बर्षदेखि
गरिबी पनि उस्तै छ
गरिब पनि उस्तै छ
विभेद पनि उस्तै छ्
सदियौँको कुरा पनि
आज हेर्यो उस्तै छ
नेपाल एक्काइसौ शताब्दिमा पनि
बिसौ बताब्दीको जस्तो छ ।
उनीहरूलाई ब्यूँझाउन
घण्टा ठोकिरहेँ
तर उनीहरू त
खाली ओछ्यानबाट मात्र ब्युँझिए
विकासको लागि त सधैं निदाई रहे
रक्सिमा होस र तासमा खाली समय सिध्याई रहे
यो गर त्यो गर भनेर समय दिँदा पनि
काम गरेको जस्तो गरी झारो टार्छन्
घरको कस्तुरीलाई फालेर
खाली देश विदेश मात्र चहार्छन्
छिमेकी दुबैतिर त्यत्रो विकास गर्दा पनि
यिनलाई कुनै चासो छैन
मागेर खान बानी परेर हो कि
आफूले गर्ने कुनै चाँजो छैन
बाजेले जे गरेका थिए
आज नातिहरू पनि त्यही गर्दैछन्
विकासको नाममा कछुवा गतिमा सर्दैछन् ।
बागमती धेरै पानी बग्दा पनि
नेपाल जहाँको त्यहीँ छ
जति समय दिए पनि
नेपालको विकास उही छ
कोही पाटे अल्छी
कोही भाते अल्छी
लाग्छ अझै सय बर्षसम्म पनि
खेलिरहने छन् यी खाली बल्छी ।
दाङ, हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































