चूडा निर्भीकछन्दमा सात ठोक्तक
१. माघ
सिर्र सिर्र वायु चल्छ
लाग्छ जीर्ण आयु गल्छ
धेर ठण्डि माघ मास
व्योमबाट शीत झर्छ ।।
२. राष्ट्रघात
राष्ट्रघात चल्छ आज
भेद खुल्छ विश्वमाझ
पारि बाट देश तर्फ
ईंट फ्याँक्न छैन लाज ।।
३. प्रेम
प्रेम एक खैल रैछ
वैंशभित्र झेल रैछ
स्वार्थपूर्ण प्रेम गर्नु
लाग्छ भाग्य फेल रैछ ।।
४. शान्ति
खोज शान्ति मिल्छ भन्छन्
देश भित्र छिद्र खन्छन्
अग्नि जल्नु शीर बल्नु
सोच हुन्छ देश वन्छन् ?? ।।
५. दाम
गर्नु पर्छ जोरजाम
छैन फुट्टि हुन्न काम
या त खोज आफ्नु मान्छे
नत्र फाल्नु पर्छ दाम ।।
६. राज्यमा भाग
राज्य बन्नु प्रान्तप्रान्त
खोज्नु के र देश शान्त
भाग मिल्छ मिट्टि भित्र
सोच लिन्छ पार्छ भ्रान्त ।।
७. पुत्र
पुत्र पुत्र भन्छ बाबु
खूश बन्नुछैन मामु
मस्त हुन्छ लठ्ठिएर
मुठ्ठि भित्र छैन कावु ।।
Subscribe
Login
0 Comments
Oldest






































