साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सम्बोधन : एक खबरदारी

Nepal Telecom ad

महामहिम
तिमीले आयोजना गरेको नाकाबन्दीविरुद्ध
हामी कविता लेख्न बसेका छौँ ।

अन्यथा, इन्धनको विकल्पमा
एक भारी दाउरा खोजिन्थ्यो होला
अथवा बसिन्थ्यो ग्यास वा पेट्रोलको लाइनमै
बिदाको मौका छोपेर
घरायसी काममा सहकार्य नै पनि गर्न सकिन्थ्यो
अथवा औँलाको पिङ खेलाएर
बजार डुलाइन्थ्यो होला छोराछोरीलाई
महामहिम
आजको दिन त्यत्तिकै खेर गयो तिम्रो नाममा ।

त्यसो त हाम्रो सम्बन्धको व्याख्याका
अनेक अनेक आयामहरू छन्
‘रोटीबेटीका सम्बन्ध’को शास्त्रीय राग अलापेर
तिमी पनि कहाँ थाक्थ्यौ र हिजोसम्म ?
विडम्बना ! आज तिमै्र बेटीका चुल्होमा
पाक्न सकेका छैनन् रोटी
औषधि नपाएर मृत्युको मुखैमा छट्पटाइरहेछन्
तिम्रा कथित ‘पोतापोतीहरू’
धर्मको राजनीति गरेर आएका तिमी
तिम्रो हर्कत देखेर त लाग्दै छ–
धर्मले पनिलाजले मुख छोपेको छ आज
र, खोजिरहेछ आफ्नो अर्कै परिभाषा ।

धकेल्दै जङ्गे पिलरहरू उत्तरतिर
हुन त, पहिले पनि आफ्नो कोखाको दन्तप्रदर्शन
नगरेका थिएनौ तिमीले
नपचाउनु पर्ने त्यही एउटा लाजै पनि पचाएर
सगरमाथा समेतलाई पनि आफ्नै भन्न भ्याएका थियौ
अरु त अरु
न्वारानदेखिको बल लगाएर
बुद्धलाई पनि आफ्नै देशमा जन्माउन खोजेकै थियौ
अझ खोज्दै छौ पनि
तैपनि तिम्रो यो विराट् बिभत्स रूपको
कल्पनासम्म गरेका थिएनौँ हामीले ।

हुन त, सबैथोक पचाएका तिमीलाई
के पो अप्ठेरो लागोस् र ?
आफ्ना कुन चाहिँ छिमेकीका करेसाबारीमा
सद्भावको फूल रोपेका छौ र तिमीले ?
हात्तीका पाइतालाले जुम्रा कुल्चेर तिमीले देखाएको बहादुरी
देखि त हाल्यो संसारले
फुकेरै तासको घर गल्र्यामगुर्लुम भत्काउन सक्ने तिम्रो महाशक्ति
त्यो पनि चिनिसक्यो संसारले
तिम्रा असीम पुरुषार्थका किस्सा
वर्णन गरेर साध्य भए पो ।

र पनि, खबरदारी गर्छौँ महामहिम
नखोल यो नाकाबन्दी
हाम्रो अग्नि परीक्षा अझै बाँकी छ
अझै केहीवर्ष जारी राखतिम्रो यो आयोजना
भर्खर त हामी ब्युँझेका छौँ
र, प्रयास गर्दै छौँ– आफ्नै खुट्टामा उभिन
बिस्तारै हिँड्न
र, क्रमशः दौडिन ।

अहिले त महामहिम
तिमीले आयोजना गरेको नाकाबन्दीविरुद्ध
हामी कविता लेख्न बसेका छौँ ।

हैटौडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आगोको लय

आगोको लय

निमेश निखिल
सम्धीज्यू !

सम्धीज्यू !

निमेश निखिल
सम्धीलाई चिठी

सम्धीलाई चिठी

निमेश निखिल
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x