प्रेम ओली ढकलपुरेफुलमाया र म
पच्चिस बर्ष पहिले पशुपतिमा
फुलमायासँग नजर जुध्यो
त्यसपछि त
पशुपतिमा जान
भोले बाबाले भन्दा
फुलमायाले पो तान्थी
मस्किन्थी जिस्किन्थी
मोरी रमाइलो नि मान्थी
जुत्ता चप्पल राख्न दिँदा
मुसार्थी सुम्सुमाउँथी
खै के ठान्थी
पैसो छैन भनेपछि
मस्किँदै
फूलको गुच्छाले हान्थी
कहिलेकाहिँ पसलै छोडी
सँगैै मन्दिरसम्म जान्थी
कहिले घरबाट ल्याको कुरो
बाँडेर पनि खान्थी
जाउँ कि जाउँ भन्दै
चिया पसलाँ पनि लान्थी
त्यो बेला फुलमाया
साँच्चै फुल झैं फुलेकी
बैँशले धपक्क बलेकी
गाला स्याउ झैं फलेकी थी
साथी सँगिनीहरूमा
राम्रै नाम चलेकी थी
त्यो बेला ठ्याक्कै जागिरे भइयो
हाकिम हुँदै जिल्लामा गइयो
त्यतै दिलमायालाई भेटेपछि
उसकै श्रीमान भइयो
निकै बर्षपछि बढुवा खाइयो
सरुवा पनि पाइयो
घुम्दै फिर्दै
फेरि राजधानी आइयो
धेरै बर्षपछि
एक दिन फेरि
पशुपतिमा धाइयो ।
फेरि फुलमायासँग आँखा जुधे
उसले चिनिछे
फूल जस्तै फुलेकी
धपक्क बलेकी
अङगुर झंै फलेकी
आफ्नी छोरी भनी
यिनै मेरो पहिलो प्रेम हुन्
उसले हर्सित हुँदै भनी
यत्रो बर्ष कहाँ गएकाथ्यौ
तिमी त आज पनि उस्तै पो छौ
फूल जस्ती फुलमाया
अब त धेरै ओलाइछ
छोरीकै अगाडि घप्लक्क अँगालो मारी
लाग्यो एकछिन त
फुलमाया बौलाइछ
धन्न आज एक्लै गएछु
दिलमाया पनि भएको भए
के के हुन्थ्यो हुन्थ्यो
नत्र दिलमायाले
कति स्पस्टीकरण लिन्थी लिन्थीे ।
दाङ, हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































