साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविलाई मार्दैमा कविता मर्दैन

Nepal Telecom ad

मेरा बाजे हरेक दिन नाङ्गै उभिन्छन्
देशनिकाला नभई
दैविक सृष्टि नभई
मेरो आकारमा कुनै दैविक छुवाइ बिना नै
म पुनर्जीवित भएको छु
म यो पृथ्वीमा नर्कको अनुभव भएर छु
पृथ्वी त आखिर
रेफ्युजीहरूको लागि बनाइएको नर्क न हो ।

काठमाडौंको बसन्तपुर डबलीमा सोमवार अपरान्ह प्यालेष्टिनी कवि असरफ फयादका कविताहरू यसरी बाचन गरिँदै थियो । सदाको साहित्य सर्जकहरूको जमघट भन्दा भिन्न रहेको यो जमघटमा कसैको तारिफ र वाहवाही थिएन ।

उपस्थित सबैको अनुहारमा सन्नाटा थियो, अनि आक्रोश थियो, तानाशाह विरुद्धको । सबैले भन्दै थिए– ‘ए शासक हो, कुनै कविलाई मार्दैमा त्यो कविता मर्दैन ।’

प्यालेष्टिनी कवि फयादले कविता लेखेकै आधारमा साउदी अरेबियाले फाँसीको सजायँ सुनाएको छ । फयादका कविताले नास्तिकता फैलाएको ठहर गर्दै सन् २०१५ नोभेम्बर १७ का दिन मृत्युदण्डको फैसला सुनाइएको छ ।

कवि फयादको कविता ‘इन्स्ट्रक्सन विथइन’मा प्रकाशित कविताले इस्लाम धर्म नमान्न र ईश्वरको निन्दा गर्न उत्प्रेरित गरेको भन्दै साउदी अदालतले फयादलाई मृत्युदण्ड सुनाएपछि विश्वभर नै उनको रक्षाका लागि पहल थालिएको छ ।

साहित्य सिर्जना गरेकै आधारमा मृत्युदण्डको सजायँ दिनु अपराध भएको भन्दै नेपाली सर्जकहरू पनि जुर्मुराएका छन् ।
सामाजिक सञ्जाल फेसबुकबाट नै जुट्दै आएको बुक्राहोलिक्स र डायनामिक युथ नेटवर्कले कवि फयादको रक्षाका लागि जुटाएको सडक कविता वाचन कार्यक्रममा कवि विमल निभादेखि पूर्ण्विरामले फयादलाई मृत्युदण्डको सजायँ सुनाएर फाँसीबादी तानाशाह सरकारको आलोचना गरे, आफ्नो कवितामा ।

फयादको रक्षाका खातिर कवि स्वप्निल स्मृति, हरिमायाँ भेटवाल, युग पाठक, प्रतिमा पाठक, रामगोपाल आशुतोष लगायतले सडकका तानाशाही शासकविरुद्ध शब्दहरूको भारी विसाए । कवि फयादका कविताहरू पोखे ।

फयादको रक्षाको लागि साथ दिन साहित्यकार नयनराज पाण्डे, विप्लव प्रतिक, अभय श्रेष्ठ, विनोदविक्रम केसी सडकमा देखिए । फयादको रक्षाका लागि सडकमा निस्किएका श्रष्टाहरूको एउटै आजाज थियो, कविलाई मार्दैमा कविता मर्दैन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x