साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शहीद दिवस :: शहीदका नाममा

Nepal Telecom ad

नाटकै सही आज मैले
शहीदको सम्झनामा
एक मिनेट मौनधारण गरें
अनि चढाएँ– एक थुङ्गा फूल

नाटकै सही आज मैले
सहादतको महान गाथा गाएँ
तिमीले कोरेको इतिहास र आर्जेको भूगोल
छोडेका पदचाप र वीरता
गम्लङ्ग अँगालो हालेर
नाटकै सही
गोहीको आँसु चुहाएँ एकछिन

जो छौ तिमी कथामा छौ
जो छौ तिमी किताबमा छौ
यो समयका लेन्डुपहरु
तिम्रो चीरहरणमा आतुर छन्
अंशवण्डामा टुक्राटुक्रा पारेर तिम्रो वस्ती
बोकेर हिड्दैछन् “छिमेकी” रिझाउन
माटो उठाई आमाको पैतालामुनिबाट
बोकेर हिड्दैछन् बेच्न
जुठोपुरोको बदलामा साँवा र ब्याज तिर्न

तिम्रो सहादतको विरासतमा
अलिकति हाम्रो रगत चुहाएर
लिप्दैछन् आफ्नो कुरुप अनुहार
पोत्दैछन् आफ्नो स्वार्थको घर
भत्काएर तिम्रो सपना
ठड्याइरहेछन् द्वेषको महल

कुरुपता हाँसिरहेको वर्तमानमा
फुङ्ग उडेको तिम्रो शालिकमुन्तिर
हो, मैले आज एक थोपा आँसु चुहाएँ
र, भनें–
तिमी शहीद भएर ठिकै गर्यौ
यदि तिमी जिउँदो भए
मलाई डर छ–
तिमी पनि त्यस्तै हुने थियौ कि
जस्तो
आजका जिउँदा तर लाशजस्ता
हाम्रा देशका नेता ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x