साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुला

Nepal Telecom ad

जातै उस्तो कुनै चाहिँ साह्रै च्यान्टे मुला
कुनै भने डल्लो गान्टो नामै गाण्टे मुला
छाँटपारी छाँटे पनि मुला उही मुला
मुलासँग मिलेपछि मान्छे पनि मुला ।

माननीय बन्न थाल्यो मुलुकको मुला
हैसियत उस्कै ठूलो फूलमन्त्री मुला
रेक्टर र डाइरेक्टर छानी छानी मुला
कस्का बाउको के जान्छ र जियम् खानी मुला ।

दायाँ बायाँ मात्र हैन तलमाथि मुला
शानसँग बसेको छ कानमाथि मुला
फेद उस्को देख्नासाथ सवै बन्छन् लुला
तालुमाथि आलु हैन टाउकामाथि मुला ।

मूल्याहाको बारी हो कि मूल प¥यो मुला
नीतिदेखि राजनीति अर्थनीति मुला
यता हेर्यो रातो मुला उता सेतो मुला
नेता भनी हात जोड्यो स्वाँठिएको मुला ।

अस्तिसम्म भोकभोकै औतारिन्थ्यो मुला
ढिंडो साथी नपाएर भौतारिन्थ्यो मुला
ऐले पहुँच पिलेनैमा पनि उड्यो मुला
सररर पजेरोमै पनि गुड्यो मुला ।

ओल्लो पाटो पल्लो पाटो उस्तै उस्तै मुला
तपाईं मपार्इं सराबरी एकै ड्याङ्का मुला
वीउ छर्नै नपर्ने भो सवैतिर मुला
अरु केही छैन कि झैं जम्मै मूलै मुला ।

मुला बाहेक उम्रन्न कि खाली मुलाघारी
कि भै सक्यो हाम्रो देश मात्रै मुलाबारी ?

कलङ्की, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x