कविताको चटनी
१.चिसो
भत्केको पहाडमा
कता खोजुँ छानो,
न मुखमा दानो,
न लुगा न्यानो ।
२.घाउ
सबैको मुहारमा,
स्वार्थको घाउ,
म तिम्रो देखाउं,
तिमी मेरो देखाऊ ।
३.बन्द
बन्दलाई यहाँ
दैनिकीमा लिइन्छ
कुन दिन छ खुल्ला,
सूचना दिइन्छ ।
४.गोजी
पानीमा पसेर,
सुक्खाको खोजी,
सबै मनमोजी,
ल भरौं गोजी ।
५.प्याच्च
धेरै हुनु ज्ञानी,
समस्याको खानी
जानी न जानी
प्याच्च बोलने बानी।
विराटनगर