साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिचरा मेरो देश

Nepal Telecom ad

राजा थे दरबारमा रगतको खोलो बग्यो, नासिए
आफ्नै पुत्र कुपुत्रका कुमतिले आफैँ गिरे भासिए
कोही छन् परलोकमा अनि कुनै त्यो पारि नागार्जुन
गर्छन् बुध्दि विवेकहीन मनुवा यो देशमा शासन ।

टाठा डाक्टर बाबुराम जसले क्यै गर्छु भन्दैथिए
मान्छे मार्न र काट्न पो शुरु गरे बाटै नराम्रो लिए
पार्टी छोडिदिएर बाबु अहिले लागे नयाँ शक्तिमा
लाग्नेछन् अब फेरि एक दिन ती श्रीकृष्णको भक्तिमा ।

साँढे सत्र हजार मानिस बलै मारेर यो देशमा
पैसाले पुरिए प्रचण्ड भगवान् छन् ती नयाँ भेषमा
जे बोले पनि जे गरे पनि हुने सक्दैन कोही छुन
पूजा मानिस गर्दछन् बरु ठुलो माला गुताईकन ।

रोगी बृध्द सुशीलदाइ बिचरा त्यागी त हुन् ती बरा
त्यै कांग्रेस भनी बिबाह नगरी लागे सधैं आखिर
बोलेकै बुझिंदैन भाषण गरे मान्छेहरू हाँस्दथे
लोभी भै दलको सभापति हुने इच्छा अझै राख्दथे ।

गर्छन् गड्बड देउवा हडबडे लाग्दैन केही भर
हार्छन् केवल रामचन्द्र तिनको औकात नै के छ र
साठी बर्ष पुगेन जो तरुण त्यो मानिन्न कांग्रेसमा
गाईको पछि वृध्द गोरु धुरिने चल्ती छ यो देशमा ।

टुक्का चट्ट मिठो उखान अमिलो पीरो गरी भाषण
ओली छन् मदमस्त उच्च पदमा को छोड्छ आफ्नो गुण ?
झल्लै छन् झलनाथ माधव कुरा मात्रै ठुला गर्दछन्
यौटा निश्चित मार्ग छैन जहिल्यै दोधारमा पर्दछन् ।

केसी चित्र बिचित्रको पद लिई ऐले हराए कता
भन्थे भन्न त सानु यो मुलुकमा चाहिन्न संघीयता
नेता फेरि उता मधेशतिरका नेपाल टुक्र्याउन
गर्दैछन् दिनरात जोडसितले हिंसा र आन्दोलन ।

बूढा बैद्य थिए कतातिर गए छन् ती बिजुक्छे कता
राणा बिष्ट गिरी र चन्द सबको आवाज भो बेपता
मैनाली पनि बिग्रिए पद भनी झाले र माले भए
गोरा जो पदमा पुगेपछि सबै काले र भाले भए ।

थापा भन्न त भन्दछन् मुलुकमा चाहिन्छ राजा तर
को राजा अब खोज्न जानु र कहाँ खोजेर पाइन्छ र !
यौटा राजकुमार बैंकक गई फर्केर आए अरे
साह्रैनै बदनाम छन् मनपरी खै के गरे के गरे ।

अर्को राजकुमार पुत्र चिचिलो सानै छ सानै अति
कस्ले देख्दछ भित्रभित्र बिचरी रुन्छिन् हिमानी कति
यस्तो लाग्छ यहाँ विकल्प सकियो नेपाल कस्तो भयो !
कस्तो शान थियो परन्तु अहिले क्यै छैन जस्तो भयो ।

बीपी स्वर्ग गए रुँदै, मदन जो नेता थिए मारिए
के सोचेर शहीदले खुस भई ज्यानै दिएका थिए
ऐले नै पनि छन् यहाँ सय थरी नेता त देशैभरि
मिल्दैनन् रति लड्दछन् दिनदिनै कुत्ता बिराला सरि ।

यत्रा मन्दिर मूर्ति छन् मुलुकमा होलान् सयौं देउतै
राम्रो चालक देश हाँक्न त यहाँ जन्मेन खै एउटै
पूजा भाकल चल्छ ईश्वर खुसी छैनन् कुरै बुझ्दिन
यौटा कर्मठ देशभक्त असली नेता दिँदैनन् किन ?

लमजुङ, हाल : अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x