साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ताजा खबर

Nepal Telecom ad

यो स्वदेशबाट आएको खबर हो

भुक्कम् बहादुरले जिमिन हल्लाउन छोड्या छैन । ठिटाठिटिले फेसबुकमैँ आँखा झिम्क्याउन छोड्या छैनन् । सर्खारले घर बनाई दिने गफ दिन छोड्या छैन । एन्जिओले कमाउन छोड्या छैन । भरियाहरूले नाम्लो छोड्या छैनन् ।

मिडियामा तित्रो बास्न छोड्या छैनन् । छिमेकीले पेल्न छोड्या छैन । दाताले खेल्न छोड्या छैन । कर्मचारीले अपिसाँ चेस खेलेर दिन काट्न छोड्या छैन । बेपारीले मौकामा लुट्न छोड्या छैनन् । बिरामीले ओखती छोड्या छैन । हरामीले मिति गुज्रेको ओखती बेच्न छोड्या छैन । म्याच फिक्सर खेलाडीलाई पुलिसले छोड्या छैन । भक्कु कमाउने हाकिमलाई अख्तियारले छोड्या छैन ।

बेरोजगारले खैनी खान छोड्या छैन । चैते कार्जेकर्ताले नेता फेरिफेरि झोला बोक्न छोड्या छैन । विद्वानले आफ्नै टाउको दुखाउन छोड्या छैन । डाक्टरले अनसन बस्न छोड्या छैन । जान्नेले हान्न छोड्या छैन । नजान्नेले एकाब्यानै टुच्च तान्न छोड्या छैन । यातायात वालाले गाडीमा मुन्छेलाई गुन्द्रुक सम्झेर कोच्न छोड्या छैन । शिक्षकले लठ्ठी हान्न छोड्या छैन । विध्यार्थीले चिट् चोर्न छोड्या छैन । राजनेताले भाले जुधाई खेल्न छोड्या छैन । उल्ले उल्लाई आरोप लगाएको भरमा राजनीत टिक्न छोड्या छैन । विकास बेखबर हुन छोड्या छैन । निकासको प्रयासले ढुकुटी सुकाउन छोड्या छैन ।

नौजवानहरू पलायन हुन छोड्या छैनन् । जन्ती होस् कि मलामी, बेला कुबेला ठाउँ कुठाउँ बाल नदिई सेल्फी हान्न छोड्या छैनन् । कुनै माईकालाल्ले केहि छोड्या छैन । सब अछ्छा लेकिन् ठिकठाक छ ।
आज आएको समाचार जम्मा यत्ति हो ।
सबै सधैं खुशी रहनु होला । जयहोस् ।

हाल : बिदेशबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x