साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अङ्ग्रेजी गुरु अन्तर्धान भए !

Nepal Telecom ad

“गुरुबा ! मलाई अङ्ग्रेजी राम्ररी बोल्न र लेख्न आउँछ तर नेपाली चाहिँ शुद्धसँग बोल्न पनि जान्दिनँ, लेख्न पनि जान्दिनँ । मलाई नेपाली भाषा सिकाउन भ्याउनुहुन्छ ?” लिम्बू थरका एक जना कुशाग्र बुद्धिशाली मेरा छात्रले मसँग नेपाली सिक्ने चाहना विनम्रता–पूर्वक व्यक्त गरे । “आठ कक्षामा पढ्दैदेखि नेपाली व्याकरण सिकिसकेका ती छात्रले नेपाली भाषालाई अङ्ग्रेजीभन्दा असजिलो ठान्नुको रहस्य के होला ?” मैले मथिङ्गललाई मथ्न थालेँ । निकैबेरपछि कारणको नौनी निस्कियो ।

उनलाई अङ्ग्रेजी पढाउनेले भाषा सिकाइसम्बन्धी अभ्यास गराउने क्रममा सुनाइ, बोलाइ, पढाइ र लेखाइ सँगसँगै सिकाएका रहेछन् । नेपालीमा चाहिँ एकोहोरो लेखाइ मात्रै गराइँदो रहेछ । मैले एउटा सर्तनामामा तिनलाई सहमत गराएर नेपाली सिकाउन थालेँ । सर्तअनुसार तिनले मलाई अङ्ग्रेजी भाषा सिकाउनुपर्ने थियो । मैले उनलाई अङ्ग्रेजी पढाउनेकै सूत्र लगाएर नेपाली सिकाउन सुरु गरेँ । कुशाग्र बुद्धि भएका तिनले थोरै दिनमा धेरै कुरा सिके । मेरो भुत्तो मस्तिष्कमा उनले सिकाएका कुरा पटक्कै पस्न सकेको थिएन । कहाँ–कहाँ भीमकायी वर्ण अर्थात् ‘क्यापिटल लेटर’ राखिन्छ र कहाँ–कहाँ भुसुने वर्ण अर्थात् ‘स्मल लेटर’ राखिन्छ ? ‘ए’ कहाँ लाग्छ, ‘एन’ कहाँ लाग्छ ? ‘द’ कहाँ रहन्छ र ‘दी’ कहाँ जडिन्छ ? ‘क्नाइफ’ लेखेर ‘नाइफ’ किन बोल्नुपरेको? ‘चल्क’लाई ‘चक’ किन भन्नुपरेको? यी र यस्ता अनेकौँ जिज्ञासाहरू थिए, मेरा ।

मैले तिनैका लागि विशेष पाठ्यक्रम बनाएको थिएँ । त्यसैका आधारमा सिकाएँ । उनले बनाएको पाठ्यक्रम चाहिँ मेरा लागि स्वीकार्य हुन सकेन । म जे–जे सोध्थेँ, उनले त्यसै–त्यसै अनुसार मेरो चित्त बुझाउनुपर्ने थियो । उनले ‘पीयुटी=पुट’ हुने अनि ‘बीयुटी’ चाहिँ ‘बुट’ नभएर ‘बट’ मात्रै हुने कुरा सिकाए । मैले यस विभेदकारी नियम बन्नाको कारण सोधेँ । उनले मौनता धारण गरे । भोलिपल्ट मलाई चित्त बुझ्दो कारण बुझाउनुपर्ने थियो, बिचरा ! मेरा ती अङ्ग्रेजी गुरु अन्तर्धान भएको भयै भए ।

गुरुलाई चेलो बनाउने उनको धोको पूरा हुन सकेन । मैले पनि अङ्ग्रेजी भाषाको पाठ पढ्न पाइनँ । ‘एससिएचओओएल=स्कुल’ लाई ‘एसकेयुएल=स्कुल’ बनाएर अङ्ग्रेजी भाषा सरल बनाउन हाम्रा पाठ्यक्रमविद्हरूले किन नचाहेका होलान् ? अचेल मलाई यस्तै–यस्तै जिज्ञासाले सताउन थालेको छ ।

अर्का मातृभाषीको काल्पनिक समस्या निदान गर्ने निहुँमा नेपाली भाषामा लेखिने देवनागरी लिपिका संयुक्त अक्षरहरूलाई हटाउने हाम्रा स्वनाम–धन्य भाषाविद्हरूले अङ्ग्रेजीका संयुक्त अक्षर (ज्वाइन्डिङ लेटर) र ‘क्यापिटल’ वा ‘स्मल’मध्येका एक थरी वर्ण हटाउन सल्लाह दिएको भए हुन्थ्यो नि! अङ्ग्रेजी पनि हामीले बोलेअनुसार लेख्न पाइने भए कुनै पनि विद्यार्थी एस.एल.सी.को भिरबाट गुल्टिने थिएनन् कि? पदक्रम नै नेपाली र अङ्ग्रेजीमा फरक हुन्छ । अङ्ग्रेजी जस्तै नेपाली बनाउन सकेमा हाम्रा राष्ट्रिय विद्वान्हरू पनि पदेन अन्तर्राष्ट्रिय बन्ने थिए । अर्काको भाषा अङ्ग्रेजीलाई चाहिँ छुनै नहुने अनि स्थिर भइसकेको र सकारण स्थापित भइसकेको नेपाली वर्णविन्यासलाई भने थिलथिल्याइरहनुपर्ने बाध्यता पाठ्यक्रम विकास केन्द्रमा बसाइएका तात्कालिक महापुरुषहरूले कुन महाराष्ट्रबाट बेसाएछन्, कुन्नि !

नैकाप, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
१००८ गठबन्धन महापार्टी

१००८ गठबन्धन महापार्टी

डा. गाउँले बलदेव
तिमी भोक देखाऊ, म भगवान् देखाइदिउँला !

तिमी भोक देखाऊ, म...

डा. गाउँले बलदेव
म प्रज्ञापति !

म प्रज्ञापति !

डा. गाउँले बलदेव
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x