साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुनावी पर्चा

Nepal Telecom ad

जहाँ चुनावी रणको छ चर्चा
त्यहाँ भरिन्छन् कति धेर पर्चा
जो सक्छ नेतृत्व अवश्य लड्छ
कुरा कहाँ, काम गरेर बढ्छ ।।

वेला कुवेला मत हाल्नुपर्छ
आफन्त उस्तै पनि फाल्नुपर्छ
के गर्नु नेतृत्व त्यसै लिइन्न
योगी बनी जित्न कतै सकिन्न ।।

सङ्घर्ष गर्दा कति विघ्न हुन्छन्
केही कुरामा क्षति पुग्न सक्छन्
मैदान खाली किन गर्नु हेर
चुनावमा जित्नु यही छ धेर ।।

कहाँ त्यसै त्यो वन सिंह राज
मैदान छोडी रहँदैन काज
जता निजी लक्ष्य त्यतै बढिन्छ
लडेर मात्रै मन झन् भरिन्छ ।।

अझै छ राम्रो यदि पारदर्शी
खुला खुला होस् मतदान पर्ची
नहोस् कुनै गोप्य बनोस् खुलस्त
जितेर हाँसो छरियोस् सशक्त ।।

हारेर जित्ने विधि हो चुनाव
सम्मान खोज्ने विधि हो चुनाव
लुकेर बस्ने विधि हैन पक्कै
जो लड्छ ऊ हार्छ र जित्छ पक्कै ।।

कुरा नकाटे बरु बेस होला
यसो उसो हैन चुनाव मेला
नेतृत्वको यो विधि हो पुरानो
मौरी कहाँ बस्दछ त्यो बिरानो ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
उत्खनन

उत्खनन

सरूभक्त
0
Would love your thoughts, please comment.x
()
x