साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कम्युनिष्ट पनि खुँगामा

Nepal Telecom ad

केबाट कसको पुर्खा कहाँथिम् फुत्त उम्रियो ?
त्यसरी उम्रँदा देख्ने त्यहाँथिम् अरु को थियो ?
माटोसित त्यहाँ त्यस्को सिधा सम्बन्ध के बन्यो ?
“यो ठाउँ अब मेरो हो” कस्ले यस्तो कहाँ भन्यो ?

खेती आवासको ज्ञान जन्मजातै थियो कि के ?
आजको भव्य आवादी त्यत्तिकै जन्मियो कि के ?
नत्र को आदिवासी हो कुनचाहिँ जमीनको ?
यायावर थियो मान्छे को कताको कता पुग्यो ।

जलस्थल प्रलयका कुरा छन् इतिहासमा
कुनै कतै रोकिए हुन् हिँड्दाहिँड्दै प्रयासमा
माटैको त गरे पूजा जहाँ जो जो पुगे पनि
आमा बनेपछि धर्ती साक्षात् सन्तान जो पनि ।

आदिवासी पुरावासी प्रवासी आदि नामले
धर्तीसन्तानका बीच विभेदै गर्नुपर्छ के ?
विदेशी धनका लागि एनजिओले त जे गरे
राजनेताहरू सारा किन त्यो जालमा परे ?

आदिवासी पश्चवासी जाति वा जनजातिको
चर्को विभेदको खेती एन्जिओ उपलब्धि हो
दाताका स्वार्थ होलान् नै यसका लागि आतुर
कम्युनिष्ट पनि पर्छन् खुँगामा कि आखिर ?

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x