साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जयभोलि जिन्दावाद

Nepal Telecom ad

आफू त कुनै पनि काम आज नगर्ने
जसले जति अह्राए पनि सर्दै नसर्ने
आजै काम खोज्ने सबै निन्दावाद
आफू त भोलिवादी परियो
जयभोलि जिन्दावाद ।

तपाईंको काम आजै गर्ने
हाम्रो कुनै ठेक्का छैन
ल जानुस् भोलि नै आउनु होला
तर भोलि पनि कुनै पक्का छैन
तपाईंको काम मन्त्रीले तोके पनि
आज त हुँदै हुँदैन
आज आउने भोलि जाने मन्त्रीको शक्तिले
हामीलाई छुँदै छुँदैन
जबरजस्त गराउन खोज्ने निन्दावाद
आफू त कट्टर भोलिवादी परियो
जयभोलि जिन्दावाद ।

प्रजातन्त्रवादी आए टेरिएन
मावोवादी पनि आए हेरिएन
गणतन्त्रवादी आए पनि कोही फेरिएन
तपाईं जुनवादी भए पनि
आज दर्ता गरी जानुस्
भोलि नै आउनु होला
धेरै किचकिच गरेपछि
झन दुख पाउनु होला
आजै काम खोज्ने सबै निन्दावाद
आफू त खाँटी भोलिवादी परियो
जयभोलि जिन्दावाद ।

जागिर पनि खानै प¥यो
चाकरीमा पनि जानै पर्यो
त्यसैले हामीले त
हिजोको काम आज गर्ने हो
आजको काम भोलि गर्ने हो
ल जानुस् आज, भोलि नै आउनु होला
नभए भोलिको भोलि आउनु होला
बरु यसो जाँदा
भोलिवाद जिन्दावाद नारा लाउनु होला
आज नै हुनुपर्छ भन्ने सबै निन्दावाद
आफू त भोलिवादी परियो
जयभोलि जिन्दावाद ।

जागिर खाएपछि
राजतन्त्र होस् कि प्रजातन्त्र होस्
लोकतन्त्र होस् कि गणतन्त्र होस्
सबै एकै खाले ठान्ने हो
आफू कट्टर भोलिवादी परियो
भोलिवाद मात्र मान्ने हो
त्यसैले सबै वाद मुर्दावाद
जयभोलि जिन्दावाद ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x