साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाइकुको बथान

Nepal Telecom ad

१.

मध्यरातमा
सूर्यबिनै उज्यालो,
यो मेरो ठाउँ !

२.
सूर्य सहित
या रहित, उज्यालो !
यो मेरो गाउँ !

३.
मनमा अनि
मस्तिष्कमा, उज्यालो !
यो मेरो ठाउँ !

४.
बाह्य अँध्यारो
मनभित्र उज्यालो,
यो मेरो गाउँ !

५.
आत्माहरूमा
उदाएको छ घाम !
यो मेरो ठाउँ !!

६.
ऐना अगाडि
मेरो बिरालो र म
बस्, हामी दुई !

७.
एक् अर्कालाई
हामी हेरी नै रह्यौं
ऐना अगाडि !

अन्त्यमा एउटा छोक

मेरो बिरालो
उस्ले मलाई चिन्यो,
उ हेरी रह्यो !
मलाई चिने झैँ गरि
बस्, उसले त
आफूलाई चिनेन !
आफूलाई चिनेन !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x