साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्यसैले नेता होइनन् यी लेता हुन् !

Nepal Telecom ad

भरिला होइनन् यी फोस्रा हुन्
रसिला होइनन् यी खोस्टा हुन् ।
आफ्ना होइनन् यी अरूका हुन्
जुसका सिसी होइनन् यी दारूका हुन् ।
त्यसैले नेता होइनन् यी लेता हुन् !

मालिक हुँदै होइनन् नोकर हुन्
भ्रम नहोस् हजुर, यी जोकर हुन् ।
स्वपूजित गानमा औधी रमाउछन्
जनता–जनता खूब लडाउँछन् ।
त्यसैले नेता होइनन् यी लेता हुन् !

नायक होइनन् यी खलनायक हुन्
एकताका पूजारी नभई पीडादायक हुन् ।
सन्देश बाँड्ने होइनन् यी सद्भाव भाँड्ने हुन्
शान्त र कोमल देश सक्दो फाँड्ने हुन् ।
त्यसैले नेता होइनन् यी लेता हुन् !

गौरव होइनन् यी रौरव हुन्
तमासे हुन् बरू बारमासे हुन् ।
वसन्त होइनन् यी मौसमी हुन्
कलरव होइनन् यी कर्कश हुन् ।
त्यसैले नेता होइनन् यी लेता हुन् !

पेटेन्ट होइनन् यी एजेन्ट हुन्
बरू विदेशीका कम्पोनेन्ट हुन् ।
माटो चिन्दैनन् तर फाटो दिन्छन्
देश धकेल्ने एकौटा बाटो दिन्छन् ।
त्यसैले नेता होइनन् यी लेता हुन् !

गहना होइनन् यी गएका हुन्
संरचना होइनन् यी सडेका हुन् ।
आरम्भ होइनन् यी अन्त्य हुन्
तालव्य नभएर सबै दन्त्य हुन् ।
त्यसैले नेता होइनन् यी लेता हुन् !

मन्थली उमावि, मन्थली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x