साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पहिरो पर्खेर

Nepal Telecom ad

तिमीले ढुङ्गा खसालेको समय
निःसन्देह म नै थिएँ
पहाडको तल उभिएको मान्छे ।

पहिराको मुनि
फूल बर्सँदैन भन्ने जानेरै पनि
यसपटक म भागिनँ ।
मैले अलिकति दर्फरिनु जरुरी थियो
मलाई कतै चोट लाग्नु
यौटा आहत आवाजले मबाट भाग्नु जरुरी थियो ।
आफ्नै रगत नदेखेको मैले
आफ्नू रङ चिन्नु पनि थियो ।
आँसुले धोइएर, यहाँबाट जाँदा
झरीपछिको सुकिलो आकाश
आँखामा राखेर हिँड्नु पनि थियो ।

मलाई ढुङ्गा नलागेको भए
तिमीले फेरि फेरि ढुङ्गाहरू खसालिरहने थियौ ।
चर्किएको तिम्रो अहम्(को पर्वत
भत्किरहने थियो ममाथि ।
म भागिरहने थिएँ, र तिमी
क्रोधका चोटिला ढुङ्गाहरू बोकेर नजिकिइरहने थियौ ।
रुखको हरेक छहारीमा,
हावाको हरेक झोँक्कामा,
फूलको हरेक थुँगामा,
म सन्त्रासका मौन आवाजहरू सुनिरहन्थेँ
आँखामा म घाइते बिम्बहरूको शृङ्खला बुनिरहन्थेँ ।

म विरुद्धको एकलव्य तिमी निष्णात हुने थियौ
तिम्रा समग्र तीर मेरै लागि बनिरहन्थे…।

एकान्तको हावामा काँपिरहने थियो मेरो मन,
ढुङ्गा हेर्दाहेर्दै बगिसक्ने थिए मेरा आँखा
सम्हाल्दा सम्हाल्दै
भत्किजाने थियो जिन्दगी ।
देखिएको हरेक गाउँदेखि,
भेटिएको हरेक मान्छेदेखि,
पानीको हरेक लहरदेखि,
कसरी लुकाएर हिँड्नु पर्थ्योहोला आफूलाई ।
हरेक प्यालाबाट म कसरी भयको जहर पिइरहन्थेँ,
ताराहरूमा म कसरी आफ्नै चोटहरू गनिरहन्थेँ,
मलाई ढुङ्गा नलागेको भए…।

तिम्रो हातबाट
फूल बर्सँदैन भन्ने जानेरै पनि
यसपटक
निःसन्देह म नै थिएँ
पहाडको तल उभिएको मान्छे ।

विराटनगर
‘ल्याम्प पोष्टबाट खसेको जून’ कविता सङ्ग्र्रहबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मलाई नटेर्ने ??

मलाई नटेर्ने ??

होम सुवेदी
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
0
Would love your thoughts, please comment.x
()
x