साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अघि अघि तु चल पिछे म छु

Nepal Telecom ad

डाक्टर र वैद्य भएको पार्टीका प्रभावशाली व्यक्तित्व, राजनीतिमा विशेष दख्खल भएका महापुुरुषलाई नेपालले पहिलो पटक प्रधानमन्त्रीको रुपमा पाउँदा आम नेपालीले ठूलो आशा राखेका थिए । पहिलो पटक डाक्टर राष्ट्रपति र डाक्टर प्रधानमन्त्री बनेको नेपालको इतिहासमा नयाँ रेकर्ड हो । संक्रमणकालिन राजनीतिक तरल अवस्थालाई एउटा नयाँ स्वरुपमा रुपान्तरण गरेर नयाँ नेपालको थालनी गर्लान् । नेपालले साँच्चै नै काँचुली फेर्ला र आम नेपालीहरूका दुखका दिन दुर भई सुखका दिन फिर्लान् । राजनीतिमा स्थिरता आउला । भनेको त ती सपनाहरू त केवल सपनामा मात्र सीमित भइरह्यो ।

अविकास, ढिलासुस्ती र अनिर्णयको चिरफार, शल्यक्रिया समयमा नै गर्नेछु । गर्न नसकेमा एक मिनेट पनि कुर्सीमा टाँसिएर नबस्ने प्रतिवद्घतासाथ सरकारमा गमन गरेका हुन् । भनिन्छ हानेको गोली र बोलेको बोली फर्कदैन । जनमुक्ति सेनालाई समायोजन गर्ने, शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउने, ढिलासुस्ती, भ्रष्टाचारलाई न्यूनीकरण गर्ने, बेरोजगारीलाई रोजगारको व्यवस्था गर्ने, एक घर एक रोजगारको व्यवस्था मिलाउने आदि थुप्रै नाराहरू अगाडि सारेका थिए । कम्तीमा काम गर्ने सवालमा माखो नमारे पनि हावामा योजना बनाउन सफल त भएनि । महङ्गी नियन्त्रण होला । गरिबहरूले राहतको महसुस गर्न पाउलान् भनेका त उल्टै महङ्गीले आकास छुनेगरी चुलिएपछि झन् समस्याको घाउमा नुनचुक दल्ने काम मात्र भयो । नेपाली जनताले झण्डै सात दशकको त्याग र बलिदानबाट प्राप्त संविधानसभाको दाहसंस्कार गरियो । अराजकता, भ्रष्टाचार, असुरक्षा, राजनीतिक संक्रमणलााई चरम उचाईमा पु¥यायो । मुस्ताङ गाडी चढ्दैमा सबै समस्याको हल हुने होइन । जनताका घरघरमा गएर जनताका पीर गुनासाहरू सुन्दैमा जनताका समस्याहरू दुर हुने होइन । जनताका पीर व्यथा । ढिलासुस्ती, भ्रष्टाचार आदिका बारेमा जनगुनासाहरू सुन्न जनतासँग प्रधानमन्त्री कार्यक्रम चलाउदैमा जनताका समस्याहरू सुल्झिने हैन ।

यदि बाबुराम भट्टराईसँग नैतिकता र मानवीय चरित्र अलिकति पनि बाँकि थियो भने आफूले प्रतिवद्घता जाहेर गरेका कामहरू समयमा पुरा हुन नसक्दा विगतको जेठ १४ भन्दा अगाडि राजीनामा दिन सक्नु पथ्र्याे । त्यसको बदलामा संविधानसभाको अवसान गराएर ठूलो कार्य गरेको जस्तो गरियो । आखिर जे गरे पनि हुन्छ भन्ने मानसिकतामा हुनुहुन्छ । अल्पमतको सरकार, बहुमतको सरकार, दुई तिहाइको सरकार, राष्ट्रिय सहमतिको सरकार, आदि थुप्रै खेलहरू खेलिए । खेलमा ठूलो प्रतिस्पर्धा भयो । सबैले जिते आखिर नेपाली जनतामात्र पराजित भए । आफ्नै पार्टीका वैद्य पक्षलाई पार्टीमा अटाउन सकेनन् । वैद्य समूह ऐजेरु भएर पलायो । ऐजेरुले सकेसम्म चुस्छ र बोटलाई नै मार्न पछि पर्दैन । आफ्नो काल आफैले निम्त्याए झै लागिरहेछ । यो त एउटा तर्क न हो । काग कराउदै गर्छ पिना सुक्दै जान्छ । ऐजेरु पलाउदै गर्छ । आफ्नो पार्टी भित्रकाहरूले कुर्सीबाट गलहत्याउने अनेक बहानाहरू बनाए पनि हिम्मत हार्नु हुँदैन । नजानु इमान जमान सबै गुमेपछि अब के को डर । जसले जेसुकै भनुन्, जेसुकै गरुन् । आफ्नो मार्गबाट विचलन नभइकन अगाडि बढिरहनु । पछि पछि हामी छौँ अर्थात अघि अघि तु चल पिछे म छु । विपक्षी पार्टीका उम्मेदवारलाई विजयी बनाएर राष्ट्र प्रमुख बनाउने खेल खेलियो त्यसबेला । राष्ट्रपतिको पद पचेन । बर्तमानमा आएर शक्ति सन्तुलनको बहानामा कुनै पनि हालतमा विपक्षीलाई सरकारको नेतृत्व दिनुहुन्न भन्ने अडानमा बसिरहे । मेरो गोरुको वा¥है टक्का भने झैं अडानमा बसिरहे । सहमतिको रटान लाउन छोडेनन् । एक दिन न एक दिन त कसो नगल्ला र प्रतिपक्षीहरू ? नगले पनि केको खाँचो आपूm गरिमामय पदमा बस्न पाइएकै छ । देश बिग्रेर के भो र ? आज भन्दा अगाडिका सरकारले देश बनाएर के लछारपाटो लगाए र ? कुनचाहिँ माइकेलालले देश र जनताको भविष्य प्रति गम्भीर भएर सोचेका छन् र ?

वैद्य पार्टीबाट बाहिरिएर भट्टराई सरकारको नारी छाम्न ७० सूत्रीय मागपत्र बुझाइयो । जनयुद्घ सुरु गर्नु अगाडि तत्कालिन देउवा सरकारलाई ४० सूत्रीय मागपत्र बुझाउन अघि सरेका भट्टराईले आफ्नै कार्य कालमा ७० सूत्रीय मागपत्र बुझ्नु प¥यो । जति सूत्रीय मागपत्र पेश गरे पनि बुझाउँदै गर्ने छन् । मज्जाले बुझ्दै जानुहोस् माग पुरा गर्नै पर्छ भन्ने छैन । माग पुरा गर्न नसके पनि कुनै पनि हालतमा सरकारबाट बाहिरिने विचार चाँहि मनमा पाल्दै नपाल्नुहोस् । नेपाल सरकार के अन्य पार्टीको मात्र पेवा हो र ? उनीहरूले पचाँसौं वर्षसम्म शासन गर्न हुने के हामीले चाँहि नहुने ? जतिसुकै फकाए पनि फुल्याए पनि सरकारबाट वहिर्गमन गर्ने कामको कल्पनासम्म पनि नगर्नु होला । मेरै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकारमा आउन चाहान्छन् भने हरपल स्वागत छ । नत्र त आफ्नो अडान कसले छोड्छ । विनाफ्वाँकमा किन सत्ताबाट बाहिरिनु ? समयमा संविधान बनाउछु भनेर संविधानसभाको ढोकाबाट छिरेर त्यसको खुड्किलाबाट उक्लेर सरकारमा उक्लेको पो हो त । अब त कहाँ छ र संविधानसभाको ढोका । बाहिर निस्कने द्वार नै बन्द भैसकेको छ । बहुमतको सरकार हो भनेर रटिरहनु पर्दैन । अन्तरिम संविधान मरिसक्यो । नयाँ संविधानको जन्म भएको छैन । यस शून्य समयमा न कानुनले वाधा पु¥याउन सक्छ । न अन्य पार्टीका नेताहरूले नै । कुन आधारमा सरकारबाट बाहिरिनु प¥यो र ? आधारहिन कुरा गरेर समयको मात्र बर्वाद गर्नु छ्रैन । त्यसैले हिम्मतका साथ अगाडि बढिरहनू । अघि अघि तु चल पिछे म छु ।

प्रतिपक्षी दलहरूले जतिसुकै अनुनय विनय गरेपनि, धम्क्याए पनि सरकारबाट बाहिरिने सपना देख्नु हुँदैन । एक तृतीयांश बजेट ल्याएर अघिल्लो चार महिना पार लगाइ हालियो । पुनः अर्काे बजेट पनि ल्याइ हालियो अब असार मसान्तसम्मलाई त ढुक्क भयो नि । आगामी नयाँ सालको प्रारम्भमा नै संविधानसभाको निर्वाचन गर्ने भनेकै छौँ सके निर्वाचन होला नभए नि के को पीर ? काग कराउदै गर्छ पिना सुक्दै जान्छ । कागसँग पिनाको के को सरोकार ?

मन्थली– २, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x